सुभाष न्यौपाने
यस पटकको निर्वाचनमा गाउँमाभन्दा बढी गद्दार मत या बदर मत सहरमा बढी भेटियो । यसभन्दा पहिले मतलाई सदर या बदर गर्ने संख्याको नेतृत्व सहरले गर्ने गर्दथ्यो । तर यसपटकको निर्वाचनमा त्यो भने सहरले गर्न सकेन । सहर भनेको आफैमा चरम व्यक्तिवादी प्रकृतिलाई अँगालेको समूह या जामात हो ।
निर्वाचनको बदर मत भन्नाले पाउनेले नपाएको मत भन्ने मात्र बुझाउँदैन । कसैलाई हराउनको निमित्त बदर गरिन्छ भने कुनै उम्मेदवारलाई जिताउनको निमित्त मत बदर गरिन्छ । दाङ जिल्लाको सन्दर्भमा भन्नुपर्दा बदर मत परणामले गठबन्धन दलका उम्मेदवारलाई असर परेको छ । जिल्लामा गठबन्धन कांग्रेस नेतृत्वको आधारमा गठबन्धनमा गएको थियो ।
घोराही क्षेत्रमा आफूलाई हाइफाई र फाइफुइ प्रकृतिको नेताको रुपमा चित्तिएका राजु खानाल, विरकेशरी, अनिता, कृष्णकिशारहरु थिए भने तुलसीपुर क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी र गेहेन्द्र गिरी जो स्वयम् नगर प्रमुखको उम्मेदवार थिए । यस पटकको निर्वाच्नमा हेर्नुस् जोगीले सबैलाई जोगी बनाएका छन् । आफै राँड देशै भाँडको अवस्थामा जोगीहरुले कांग्रेसलाई प्रु¥याएका छन् ।
हिजो दीपक गिरीलाई हराउन लाग्ने, गेहेन्द्र गिरी आज गेहेन्द्र गिरीलाई हराउने दीपक गिरी, शंकर गिरीका त यी दुवै मामाका छोरा हुन्, उनी पनि तार काट्नमा कम्ति माहिर त छैनन् नि । यी दुवै पक्षबाट दाङ जिल्ला कार्यसमितिमा उपस्थित भएका छन् कमानसिं भारती र अर्जुन योगी । यी दुवै अत्यन्त कुटिल र काटिल छन् । एकले अर्काको गर्धनबाटै उत्याउनेवाला यी हुन् । यिनले फेरि अर्काको साथ खोज्छन् ।
आज आएर यिनलाई कले साथ दिने हो ? नेपाली कांग्रेस दाङको अनुशासन समिति जसलाई अनुशासन र निर्वाचन अर्थात् निर्वाचन अनुशासन भन्ने नै थाहा छैन । मैले चुनाव जिते अनुशासित मैले हारे अनुशासन भंग ? यस विषयको राम्रो व्याख्या र पुष्टि हुनु जरुरी छ । यदि म मात्र सबै भन्न खोज्यौँ भने लोकतन्त्रमा तिमी कोही पनि होइनौ, केही पनि छैनौ । यहाँ मत बदर र सदर शंका केही सरोकार छैन तर दाङको घोराही र तुलसीपुरमा गठबन्धनले जित्न हुँदैन । किनभने दाङमा त गठबन्धन, कांग्रेसको नेतृत्वमा निर्वाचनमा गएको थियो ।
माओवादी जति बाधा भए पनि उनीहरु लड्नमा टाढा थिए तर नेपाली कांग्रेसभित्रको कुटिलतासँग उनीहरु अनभिज्ञ थिए । कांग्रेसभित्र यस्तो खालको नरम बल्छी जसले मीठो मुखले चपाइ–चपाइ बल्छीले घाँटी छेँड्छ भन्ने के थाहा ? गणेशमान, कृष्णपसाद भट्टराई समेत शिकार भइसकेको पार्टी हो, कांग्रेसी अब वीपीवादका नाममा नेपाली कांग्रेसमा युवाहरु होमिने अवस्थाको नेपाली कांग्रेसको नेतृत्वले विरोध गरिरहेको छ ।
त्यसैले अब नेपाली कांग्रेस जुनसुकै आधारमा भए पनि लोकतान्त्रिक संगठन गर्न र लोकतन्त्र जोगाउने अवस्थामा छैन । नेपाली कांग्रेसभित्र मत जति नै बदर भए पनि नेताको फरक मत समूह र प्रतिस्पर्धीहरुले जित्नु हुँदैन भन्ने मान्यता छ । जसको कारण सत्ता नेतृत्व प्रतिपक्षको हातमा जान थालेको छ । यो क्रम घट्ने छैन, बढ्ने अवस्थामा छ तर पनि नेपाली कांग्रेस संगठन सुदृढीकरणको नाममा संगठन विभक्तिकरणतर्फ उन्मुख छ ।
नेपाली कांग्रेस आफैले दुःख निम्त्याउँदै छ । विपक्षीसँग लड्नसक्ने क्षमता हुँदाहुँदै पनि आफ्नै आन्तरिक किचलोका कारण पछारिँदै गइरहेको छ । जनमत भएर हार्नु तागत भएर पछारिनु एउटै कुरा हो । करिब दश–बाह्र हजार मत दाङमा गठबन्धनको बदर भइरहेको छ । पाँच हजार मतले निर्वाच्न हारिरहेका छन् तर पनि उनीहरु समीक्षा गर्छन् र भन्छन् – को फलानो, फलानीले हामीमाथि घात, अन्तरघात गरे । यिनको बुद्धि दुई कौडीको छैन भन्ने त पहिले नै जनताले बुझिसकेका थिए ।
यिनी यति अन्तरघाती छन् र यति अन्तस्करण गुणी छन् भन्ने कुरा ठ्याक्कै त्यही नै परिभाषित गरिरहेका छन् । बदर मतको सन्दर्भमा भन्नुपर्दा हरेक प्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रहरुमा बदर मतको संख्या बढी रहेो पाइयो । संख्यात्मक रुपमा भन्ने हो भने नेपालका ठूला सहरहरु काठमाडौं, पोखरा, वीरगंज, बिराटनगर, चितवन आदि ठूला सहरजसले आफूलाई महानगरको रुपमा परिभाषित गर्न चाहन्छन्, त्यहाँ नै सबैभन्दा धेरै मत बदर भएको छ ।
हरेक सहरमा बदर मतले विशेष गरी गठबन्धनलाई नै असर पारेको देखियो । गठबन्धनका नेताहरु त ठूला मान्छे, उनीहरुले जनतासँग मत माग्नै पर्दैन । किनभने गत निर्वाच्नमा कांग्रेसले यति मत प्राप्त गरेको थियो, बाँकी मत गठबन्धनबाट आइहाल्छ अनि चुनाव जितिहालिन्छ । तर, गठबन्धनका नेताहरु जो मुलुकको बागडोर सम्हाल्ने हैसियत राख्छन् ।
उनीहरु आफ्ना वडाहरुहारिरहेका छन् । त्यसमा प्रतिपक्षी पनि कम छैन । गाउँपालिका १४ दशमलव ३१ प्रतिशत मन, नगरपालिका १५ दशमलव शून्य ५ पतिशत, उपमहानगरपालिका २० दशमलव १५ प्रतिशत छन् भने महानगरपालिका २४ दशमलव १२ प्रतिशतले मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये प्रमुख पदमा नेपालगंज उपमहानगररपालिकामा सबैभन्दा बढी मत बदर भएको देखियो भने उपप्रमुखमा धनगढीमा उपमहानगरमा धेरै मत बदर भएको छ ।
सदस्यमा सबेभन्दा बढी मत भरतपुर महानगरमा भएको तथ्यांकले देखाएको छ । ७ सय ५२ पालिकामा भएको निर्वाच्नमा १३ हजार ४ सय २४ सदस्य छनोटका लागि भएको निर्वाच्नमा १ करोड २५ लाख ७१ हजार ६८ जनाले मतदान गरेकोमा ३८ लाख ३७ हजार ५ सय ५४ अर्थात् ३० दशमलव ५२ मत बदर भएको छ भने ६१ पालिकामा ३० प्रतिशतभन्दा बढी मत बदर भएको पाएको तथ्यांकले बताएको छ ।
मतदानभन्दा मत बदरको समस्या मुलुकमा बढ्दै आइरहेको छ । कुनै वडा, गाउँ र सहर दुवैतिर फिजिएका पनि छन् तर ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रका मतदान केन्द्रमा मत बदर संख्या बढेका छन् । किनभने ग्रामीण क्षेत्रका जनता आफ्नो एउटा जीविकोपार्जनको विषयलाई प्राथमिकता दिएर पेसा व्यवसायलाई अगाडि बढाइरहेका हुन्छन् । तर सहरका मानिसहरुले धेरै अवसर अध्ययन गरेका कारण पनि उनीहरु बढी महत्वाकांक्षी र आकांक्षी पनि हुन्छन् । जसले गर्दा उनीहरुमा अर्थ, अनर्थका तथा खुराफाती कुरा बढी चल्छन् । किनभने सहरमा खर्चको जोहो बढी गर्नु पर्छ ।
यसपालिको स्थानीय निर्वाचनमा मत बदर हुनुको मुख्य दोषी निर्वाचन आयोग नै हो । जसरी षड्यन्त्रपूर्वक तरिकाले निर्वाचन आयोगले मतपत्र छपाइ गर्नै कार्य ग¥यो त्यो अत्यन्त अन्यायपूर्ण छ । किनभने त्यसले मतदाता नागरिकमाथि अपराध ग¥यो, सोझासाझा जनतालाई झुक्याउने काम ग¥यो । के निर्वाच्न आयोग कुने पार्टीको भ्रातृ संगठन हो ? नेपालको प्रमुख निर्वाचन आयुक्त कहाँको कुन कानुनले नियुक्त भएका छन् ।
सरकार शेरबहादुर तिमीसँग क्षमता छ भने जनतामाथि अपराध गर्ने प्रमुख निर्वाचन आयुक्तलाई आजै निलम्बन गरेर फौजदारी अभियोग लगाउ । उनलाई जनतामाथि मताधिकारको नाममा अपराध गर्ने अधिकार कल्ले दियो ? केपी ओलीलाइ त भन्दै हुँदै शेरबहादुर ? अपराध भएको छ कि छैन भनेर तिम्रो बालकृष्णलाई सोध ? ओली त प्रतिपक्ष हुन् तर पनि चतुर छन् । आफूले नियुक्त गर्दाको बखत नै ओलीजीले भनिसकेका थिए । तिमी कुनै पनि हालतमा विचल्ली त नहुनु सोही अनुसार भयो पनि ।
राजनीतिमा धेरै प्रकारका एजेण्डा हुन्छन् । कुनै सभा, निरसमा, कुनै बहसमा त कुनै तहसमा नहसमा हुन्छन् । निर्वाचनसम्बन्धी एजेण्डा त नेकपा एमालेको बिना बहसमा टुङ्गिएको देखियो । किनभने प्रमुख निर्वाच्न आयुक्त थपलियाले त नेता ओलीसित पहिल्यै सपथ खाइसकेका थिए तर शेरबहादुर तिम्रा धेरै जान्ने मन्त्रीहरु जसलाई घुस र भ्रष्टाचारभन्दा अरु थाहा छैन । तिनले तिमीलाई उभो लगाउँछन् भन्ने लाग्छ ? यिनले तिमीलाई जतिसक्यो डुबाएर छाड्छन् । तिमी पनि राम्रै बुद्धि भएको भए त किन त्यस्तो हुन्थ्यो ? तिमीलाई फेरि प्रधानमन्त्री हुने मात्र रहर छ तर हेर्दै जाउ यही पाराले निर्वाचन हुने हो भने तिम्रो प्रधानमन्त्री पनि कता जाने हो कुन्नि ?