हिंसा प्रभावितहरुको लागि न्यायिक पहुँचको माग गर्दै ध्यानाकर्षण

  •   
  •  

तुलसीपुर,९ असार । हिंसा प्रभावितहरुको लागि न्यायिक पहुच दिन माग गर्दै राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । हिंसा पिडितलाई न्यायीक पहुँचको लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउदै महासंघले न्यायिक पहुच बढाउन र पीडितलाई न्याय दिन माग गरेको छ ।

असार ४ गते बौद्धिक अपांगता भएकी युवतीमाथी भएको सामुहिक बलात्कारप्रति राष्ट्रिय अपांग महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले बौद्धिक अपांगता भएकी २५ वर्षीय युवतीमाथी सामुहिक बलात्कार गर्ने अपराधिहरुलाई कानुनी दायरमा ल्याएर तत्काल कानुनी कारवाही गर्न माग समेत गरेको छ । अपांगता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्य गरी उनीहरुको न्यायमा पहुँच पु¥याउन आग्रह पनि गरिएको छ ।

उपमहानगरपालिका मार्फत सम्वन्धित निकायलाई आवश्यक निर्देशन र जिल्लाका सरकोकारवाला निकायहरुसंगको समन्वय र आवश्यक पहलमा पीडित बौद्धिक अपांगता भएकी युवतीको उद्धार, सुरक्षा र घटनाको निश्पक्ष छानविन गरी उचित न्यायका लागि अपांग महासंघको ध्यानाकर्षण भएको राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष देवा डाँगीले जानकारी दिइन् ।