Goraksha

National Daily

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

काठमाडौँ,७ असार । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् ।

उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेका थिए ।