स्वास्थ्य चौकी ठटियामा पोषण कार्यसमिति गठ
विनोद मण्डल
सिराहा,४ असार। सिराहाको धनगढीमाई १२ मा बहुक्षत्रीय पोषण कार्यक्रमको दोश्रो नयाँ समिति गठन गरिएको छ ।
नेपाल सरकार संघीय मामिला तथा प्रशासन मन्त्रालयको पोषण कार्यक्रम अन्तर्गत गर्भभित्र रहेको नवजात शिशुलाई पोषणजन्य रोगबाट बचाउन लागि वडा नं १२ का लागि एक समिति गठन गरिएको सहभागी शिक्षक रमेश श्रेष्ठले दिएका छन् ।
स्वास्थ्य भवनमा शुरू गरिएको कार्यक्रममा वडा अध्यक्ष जयप्रकाश ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा सुरैत चौधरी , बलरामभक्त श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रमले सर्वसहमतिमा समिति चयन गरिएको छ । समिति यस प्रकारको रहेको छ ।
१- संयोजक – जय प्रकाश ठाकुर
२- मशिनी सदाय – सदस्य
३- गोमा तिम्सिना(सदस्य)
४- अमर सिंह चौधरी(सदस्य)
५- पुष्पा गिरी (सदस्य)
६- विमला कुमारी महतो(सदस्य)
७- सम्झना श्रेष्ठ(सदस्य)
८- शोभा बराल(सदस्य)
९- राम उद्गार यादव (सदस्य)