प्रमोद आचार्य
दंगीशरण,२ असार । बालबालिकाको शारीरिक, मानसिक बिकास नहुँदै गरिने बिबाहले जटिल समस्या निम्तिने दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताएका छन् । दंगीशरण गाउँपालिकाकाको सहकार्य, आईएम नेपालको सहयोग, न्याय तथा अधिकार सस्था नेपाल र सीड सस्थाको आयोजनामा बालबिबाह अन्त्य सम्बन्धि रणनीतिको कार्यान्वयन तथा स्थानीय तह योजना तर्जुमा र बजेट बिनियोजन सम्बन्धि विहिवार भएको अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएका हुन ।
सीड सस्थाका कार्यकारी निर्देशक भागीराम चौधरीको अध्यक्षता तथा गाउपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता एवं गाउँँपालिका उपाध्यक्ष पिमा खड्काको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबिबाह सबैको न्यूनीकरणका लागि सवैले साझा रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्काले आफु हिजोका दिनमा पनि बालबालिकाको क्षेत्रमा धेरै कार्यक्रम गरेको र आगामी दिनमा पनि बालबालिकाको सवालमा देखिने सम्पूर्ण समस्याको निराकरणमा उल्लेखनीय भूमिका निर्बाह गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गरिन ।
कार्यक्रममा महिला तथा बालबालिका साखाकी महिला बिकाश सहायक निरीक्षक चन्द्रकला वलीले जबसम्म मानिसको मानसिकतामा परिबर्तन हुदैन तबसम्म बालबिबाह यौन दुव्र्यवहार लागायतका सामाजिक समस्याहरूको निराकरण गर्न नसकिने बताइन । सीड सस्थाका कार्यकारी निर्देशक भागीराम चौधरीले बालबिबाह न्यूनीकरणका लागि पालिकास्तरीय साझा सयन्त्र बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले आफुले दंगीशरण गाउँपालिकामा हिजोको दिनमा पनि विभिन्न कार्यक्रम गरेको र धेरै शिक्षा र बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको बताएका थिए ।
कार्यक्रममा बालबिबाह र बालबिबाहले गर्ने असर यसको निराकरणका लागि गर्न सकिने उपायहरु बारे अधिबक्ता विष्यणुप्रसाद पोख्रेलले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण सीड सस्थाका कार्यक्रम संंयोजक उमेश खरेलले गरेका थिए ।