खेमराज रिजाल
तुलसीपुर, २ असार । ठिक्कको गर्मी, ठिक्कको शितल, उज्यालो आकाश देखिने मनोरम डाँडोमा बुधवार विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । तुलसीपुर—सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ राम्री नजिक सडक किनारामा त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिले विश्वकर्मा बाबाको मन्दिर निर्माण गरेको हो । स्थानीयले मन्दिर निर्माणस्थललाई लभ्ली डाँडाका नामले पुकार्छन् ।
करीब ३ बर्षअघि सो क्षेत्र नजिक घोराहीस्थित सहिद कृष्णसेन इच्छुक स्मृति प्राविधिक शिक्षालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी विद्यार्थीहरुले ज्यान गुमाएका थिए । दुर्घटनाको अत्यन्तै जोखिम क्षेत्रमा दुर्घटना न्यूनीकरणको अभियान स्वरुप दुर्घटनास्थल नजिक विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको समितिले जनाएको छ ।
साविक राप्ती सार्वजनिक यातायात व्यवसायी समितिदेखि त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिसम्म आइपुग्दा सो संस्थाले राजमार्ग तथा सहायक राजमार्ग र प्रालिको कार्यालय परिसर गरी जम्मा ६ स्थानमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिसकेको छ । घोराही–लमही सडकखण्डको दुर्घटनाको जोखिम रहेको क्षेत्र मसौट उकालोमा पनि यस्तै गरी विश्वकर्मा बाबाको मन्दिर निर्माण भइसकेको छ भने तुलसीपुर–अमिलिया सडकखण्डमा पनि विश्वकर्माको मन्दिर त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले निर्माण गरिसकेको छ । अब तुलसीपुर–हापुरे–सुर्खेत राजमार्गमा पनि विश्वकर्मा बाबाको मन्दिर निर्माण हुने प्रालिले जनाएको छ ।
गत माघ महिनाको २३ गते त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात व्यवसायी प्रालिका प्रवन्ध निर्देशक पुस्कर धितालले शिलान्यास गरेको सो विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन बुधवार प्रालिका अध्यक्ष सुरेश हमालले गरेका हुन् । मन्दिर उद्घाटन गर्दै अध्यक्ष हमालले भगवानप्रतिको आस्था र श्रद्धाका कारण मात्रै पनि हरेक व्यक्तिमा खराव विचार उत्पन्न हुन नसक्ने र सकारात्मक सोचको विकास हुने भन्दै यसले दुर्घटना न्यूनीकरणमा पनि सकारात्मक भावनाको विकास हुने बताए ।
‘जहाँ भगवानको श्रद्धा हुन्छ, त्यहाँ खराव सोच उत्पन्न हुनै सक्दैन, ताकि यसले चालकलाई सधै सचेत र सही मार्गमा डो¥याउँछ’, हमालले भने– ‘त्यसैले दुर्घटनाको उच्च जोखिम हुने क्षेत्रमा प्रालिले यस्ता मन्दिरहरु निर्माण गरेको छ । लभ्ली डाँडाजस्तै मन्दिर पनि सुन्दर छ । निर्माणमा उदारता देखिएको छ । बटुवालाई पिउने पानीको व्यवस्थापनसँगै मन्दिरसम्म उक्लनका लागि सहज पैदल मार्ग निर्माण हुने पनि प्रालिले जनाएको छ । मन्दिर उद्घाटनका क्रममा अध्यक्ष हमाल, प्रवन्ध निर्देशक धितालसँगै मन्दिर निर्माण