कपास खेती गर्ने किसानको संख्या घट्दै,भर भारतको

शिवराज खनाल
दाङ,२७ जेष्ठ । लमही नगरपालिका–९ निवासी तेजमणि ज्ञवालीले विगत ३४ बर्ष देखि कपास खेती गर्दै आएका छन । हाल उनले करिब डेढ बिगाह क्षेत्रफलमा कपास खेती गरिरहेका छन । उचित बजारीकरण, उचित मूल्य निर्धारण नहुदा कपास खेती गर्न निकै समस्या रहेको ज्ञवाली बताउछन ।

“मैले आज भन्दा ३४ बर्ष पैलेबाट कपास खेती सुरु गरेको हु,के गर्नु पैले त राम्रै थ्यो कमाइ अहिले त तेस्तो छ, राम्रो बीउ अनि समयामा मल नि पाइन्न तेसैले कपास उत्पादन घटदै गएको छ “ – ज्ञवालीले भने ।

त्यस्तै बबई गाउपालिका–७ का गौरीलाल वलीले पनि पहिले ६०÷७० बिगाह क्षेफलमा कपास खेती हुने गरेको बताउछन । हाल उत्पादित कपासले उचित मुल्य नपाउदा कपास खेती गर्ने किसानहरु घटदै गएको उनको भनाइ छ । नेपालमा व्यावसायिक रुपमा २०२८ सालबाट कपास खेतीको सुरुवात भएको हो ।

सरकारले कपास खेती संचालन गर्ने भएर छुट्टाएको १२०० हेक्टर क्षेत्रफल भएको जग्गा अतिक्रमणको चपेटामा छ । हाल नेपालमा करिब बार्सिक ४ अर्ब ६५ करोडको कपास भारतबाट कपास आयातित हुँदै आएको तथ्यांक रास्टृय किसान आयोगसंग रहेको छ । बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग बन्द भएकाले नेपाली किसानले समयामा बजारीकरण नपाउनु मुख्य कारण भएको रास्टृय किसान आयोगका सदस्य टेक बहादुर बोगटी बताउछन ।

केही वर्षअघिसम्म कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका धेरै किसानले कपास खेती गर्थे तर बिक्री घट्दै गएपछि र उचित मूल्य नपाएपछि किसान कपास खेती गर्न छोडेका छन् । यसले गर्दा कपास खेती गरिने क्षेत्रफल र उत्पादन घट्दै आएको छ । सरकारले उत्पादन गरेको कपास लाई बजारीकरण संगै कपास खेती गर्ने किसानलाई प्रोत्साहन गर्न खाले बिभिन्न कार्यक्रम ल्याउन सके बर्सेनी कपासका लागि बाहिरीने नेपाली रुपैया देश मै सन्चित हुने थियो ।