जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन

तुलसीपुर, २२ जेठ । नेपाल नेत्रज्योति संघ दाङ ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्णनगर नगरपालिका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ ।

नगर प्रमुख रजत प्रताव शाह, उपप्रमुख आरतिदेवि चौधरी लगायत वडाध्यक्ष, कार्यपालिका सदस्यहरूलाई बधाई तथा सम्मान गरेकाहो । कार्यक्रममा नगर प्रमुख शाहले अन्धोपन न्यूनिकरणमा साझेदारिका साथै आगामि दिनमा सहयोग गर्ने वताएका थिए ।

नगर प्रमुख शाहले नगरपालिकाको गहनाको रुपमा आँखा अस्पताल भएको भन्दै आफुहरूले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने बताए ।उनले सवै वडालाई आवश्यक सहयोग गर्न पनि वडाध्यक्षहरूलाई निर्देशन दिए । ‘तपाईहरुले योजना ल्यार आउनुहोस हामीहरुले के सहयोग गर्नुपर्छ सवै किसिमको सहयोग गर्न तयार छौं उनले भने ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापा, प्रशासकिय अधिकृत जसराज विश्वकर्मालगायले बधाई ज्ञापन गरेका थिए ।

। सो अवसरमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रमले हाल सम्म गरेका कार्यहरू, भावियोजना र अन्धोपनको समस्याको विषयमा प्रमुख प्रशासक थापाले प्रकास पारेका थिए । कार्यक्रममा वडा नं ९ का अध्यक्ष सतीश कुमार हरिजनले अन्धोपन न्यूनिकरणमा साझेदारिका साथै आगामि दिनमा सहयोग गर्ने वताएका थिए ।

त्यसैविच छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले अस्पताल प्रशासनिक समितिका संयोजक तथा नव निर्वाचित गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीलाई शनिबार एक कार्यक्रमको बीचमा बधाई तथा सम्मान गरिएको छ ।

चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्का,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापा,प्रशासकिय अधिकृत जसराज विश्वकर्मा,कर्मचारी प्रतिनिधि ओपेन्द्र चन्द लगायतले उपाध्यक्ष चौधरीलाई बधाई तथा सम्मान ज्ञापन गरेका थिए ।

उक्त बधाई तथा सम्मान कार्यक्रममा नव निर्वाचित उपाध्यक्ष चौधरीले आफू स्वयं आँखा अस्पतालको एक जिम्मेवारी व्यक्ति भएको हुँदा आगामी दिनमा आफ्नो तर्फबाट अस्पताललाई गर्नु पर्ने सहयोग खुलेर गर्ने प्रतिबद्धता बताइन् ।