मेची-महाकाली साइकल यात्री सुवेदीसहित ५ जनालाई स्वागत

बिष्णु गाेराथाेकी
दाङ,१६ जेठ । मेची-महाकाली बृहत रक्तदानसंगै साइकल यात्रा २०७९ भन्ने मुलनारासहित मेची-महाकाली साइकल यात्रा तय गरेका सन्देश सुवेदीसहितकाे टिमलाई पद्माेदय क्याम्पसले रक्तदान कार्यक्रमकाबिच स्वागत गरेकाे छ ।

शिक्षक बिद्यार्थी समन्वय समितिले मेचीमहाकाली यात्रामा निष्कियका सुवेदीसहितकाे टिमलाई स्वागत सम्मान गरेकाे हो ।
मेची-महाकाली बृहत रक्तदानसंगै साइकल यात्रामा रहेका सुवेदी (पर्वत) नेपाल रेडक्रस साेसाइटी र नेपाल स्वयंसेवी रक्तदातन समाजकाे अाजिवन सदस्य रहेका छन् । सुबेदीसंगै विश्व साइकल यात्री अजित बराल(पाेखरा) , सन्तोष गिरी(माेरङ), मञ्जिल उप्रेती र कमल मगर (बिर्तामोड) पनि यात्रामा रहेका छन् ।

मेचीदेखि दाङसम्मकाे यात्रामा धरान लगायत केही ठाउँमा नराम्रो क्रिर्याकलाप भएकाे, गाडिहरु अाेभर स्पिड हुने, बाटाे नदिने,समयमा पानी पिउन नपाउनु जस्ता समस्या भएपनि टिम भएकोले सहजै यात्रा भैरहेको सुबेदीले बताए ।

उनले ब्लडकाे अभावले अाफ्नाे आमा धेरै समयसम्म बिरामी हुनुपरेकाले पछिसमय कोही बिरामीले ब्लड अभावको समस्या भोग्न नपरोस भएर मेचीमहाकाली साइकल यात्रा सुरु गरेकाे सुबेदीले बताएका थिए ।

मेचीबाट सुरुगरेकाे यात्रा काकरभित्ता, माेरङ, धरान, जनकपुर, हेटौंडा, चितवन, बुटवल, कपिलवस्तुहुदै दाङ अाईपुग्न १७ दिन लागेकाे बताए सुबेदीले तुलसीपुर, नेपालगन्जहुदै महाकाली पुग्न १५ दिन करिब दिन लाग्ने जानकारी दिएका थिए ।