गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा

तुलसीपुर, १२ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा गर्भपती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएको छ । गाउँपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको एक हप्तामै भिडियो एक्सरे सेवा सुरु भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरीबहादुर पुनले बताए ।

उनका अनुसार अव यहाँका गर्भपति महिलाहरुले गाउँपालिकामै निःशुल्क भिडियो एक्सरे सेवा पाउने छन् । यो संगै अव गाउँपालिकामा मातृमृत्युदर कम हुने बताए । उनका अनुसार नयाँ जनप्रतिनिधिहरुको पहिलो निर्णय स्वास्थ्यमा सवै गाउँपालिकाका नागरिकलाई स्वास्थ्य विमा गराउने र मातृमृत्युदर घटाउनका लागि गर्भपतिका लागि भिडियो एक्सरे सेवा सुरु गर्ने भन्ने भएकाले सो कुरा पुरा गर्न लागेको बताए । यस अघिपनि गर्भपति महिलाहरुका लागि विभिन्न पोषण तथा अन्य स्वास्थ्य सेवा र सहयोग गरेको भन्दै अव भिडियो एक्सरे सेवा संगै अकाल्मै सुत्केरी महिलाहरुले ज्यान गुमाउन नपर्ने बताए ।

उनका अनुसार गर्भपति महिलाहरुको ४ र ८ महिनामा बच्चा कस्तो अवस्थामा छ, बच्चा घरमै जन्माउन सक्ने नसक्ने एकीन हुने भन्दै यसले गर्दा आमा तथा बच्चाको स्वास्थ्य जोखिम देखि धेरै कुराहरु जानकारी हुने बताए । ‘कोहि कसैले पनि स्वास्थ्यका कारण ज्यान अकालमै गुमाउन नपरोस भन्ने उद्धेश्यले हामीहरुले यो सेवा सुरु गरेका हौं –पुनले भने ।’ उनले ९ महिनामा २ पटक हुने गर्भपति महिलाहरुको भिडियो एक्सरे चेकजाँचले धेरै कुरा थाहा हुने बताए । ‘४ महिनामा बच्चा कस्तोछ भन्ने थाहा हुन्छ ८ महिनामा गर्भपति महिलाहरुले बच्चा जन्माउन सक्ने अवस्थाको बारेमा थाहाहुन्छ यति समस्या भए बेलैमा रिफर गर्ने नगर्ने पनि जानकारी हुन्छ यसले आमा र बच्चा दुवैलाई फाईदा हुन्छ पनुले भने ।

करिव ६ लाख ५० हजारको लागतमा एक्सरे मिसेन ल्याएको र प्रदेश सरकारबाट एक जना तालिम प्राप्त स्टाप नर्सलाई तालिम दिएर जनशक्तिको व्यवस्थापन गरेको समेत बताए । । शान्तीनगर गाउँपालिकाका विभिन्न ३ स्थानमा पुगेर यो सेवा दिने पनि पुनले बताए । त्यसैविच एक कार्यक्रममा विच गर्भपति चेकजाँचका लागि भिडियो एक्सरेसेवा पनि सुरु गरिएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सेवाको सुभारम्भ गदै शान्तिनगर गाउँपालिकामा शिक्षा स्वास्थ्यलाई प्रमुख प्रथामिक्तामा राखेर आफुहरुले आफुहरुले काम गर्ने बताए ।

‘हामीहरुले दुई वटा निर्णयहरु निर्वाचित भएर आएपछि गरेका थियौ त्यो पुरा गर्न तर्फ हामीहरु लागेका छौं उनले भने ।’ उनले अव स्वास्थ्य विमा कार्यक्रम पनि तत्काल लागुगर्ने बताए । उनले गरिव विपन्नलाई निःशुल्क स्वास्थ्य विमा गराउने पनि बताए । उनले शिक्षा स्वास्थ्य लगायत सवै क्षेत्रको विकासमा आफुहरु लाग्ने बताए । भिडियो एक्सरे सेवा सुभारम्भ कार्यक्रमको सहजिकरण शाखा अधिकृत कृष्ण कंडेलले गरेका थिए ।