जन्मदिनको उपलक्ष्यमा असाहायलाई सहयोग

शिवराज खनाल
दाङ, ७ जेठ । लमही निवासी एक युबाले जन्मदिनको अवसरमा सेवा भावले आश्रमलाइ सहयोग गरेका छन् । नगरपालिका वडा नम्बर ५ मा संचालित कृपा पोलिक्निक तथा मेडिकलहलका सन्चालक कृष्ण आचार्यले आफ्नो ४३ औं जन्मदिनको अवसर पारेर असाहयहरुलाई सहयोग गरेका हुन ।

‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा तेहि रकमले मैले कसैलाई सहयोग पुगोस भन्ने मेरो उदेश्य हो’, आचार्यले भने । आचार्यले लमही नगरपालिका वडा नम्बर १ मा अबस्थित श्रीजनसिल वृद्ध आस्रममा फलफुल बतरण गरे भने सिसहनियामा रहेको मानव सेवा आस्रममा २५ जनालाई कपडा सहयोग गरेर आफ्नो जन्मदिन मनाएका हुन । समाजसेवामा अग्रसर रहने आचार्यले आगामी दिनमा पनि यस्तै सहयोग जारी राख्ने बताएका छन ।