जनप्रतिनिधि उदार बन

युवराज शर्मा
नेपाल स्वतन्त्र र सानो मुलुक भए पनि चेतनशील व्यक्तिहरुको संख्या धेरै छ । यो मुलुकका बासन्दाले दासत्व व्यहोर्न परेन । राजा, राणा, राजा र प्रजाहरुले शासन गर्दै आएको मुलुकमा २०१६ सालदेखि प्रजातान्त्रिक पद्धतिमा यस देशले आफ्नो प्रतिनिधिहरु निर्वाचन प्रक्रियाबाट छान्दै आएको छ । तर संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो निर्वाचन स्थानीय तह सरकारको हेर्दा चेतनाको स्तर मानिसहरुमा वृद्धि भएको देखिन्छ ।

२०७९ साल वैशाख ३० गते घोराही उपमहानगरपालिका वडा नं. १४ को मतदान स्थल बालमन्दिर प्रावि घोराही दाङको मतदान केन्द्रमा संख्या धेरै थियो । चाँडो मतदान गराउन औँठाछापको प्रचलन मतदान अधिकृतले गर्न लगाएका थिए । तर मतदाताहरुल्े भन्थे साक्षर छौँ । औँठाछाप लगाउने प्रचलन हटिसक्यो । लेख्न नसक्नेहरुले औंठा छाप लगाउनु पर्छ । निर्वाचन आयोगले मतदाताहरुलाई औंठाछाप लगाउने निर्देशन पाइएन ।

मतदान अधिकृतको कार्यशैली अनौठोे पाइयो । गोप्य कोठामा राखिएको छापदानीको मसी सुकेको थियो । स्वस्तिक छाप लगाउन मतदाताहरुले समस्या भोग्नु परेको थियो । तैपनि कसैको ध्यान पुगेको थिएन । त्यहाँ भएका एजेन्टहरुको सहयोग मतदातालाई भएन । वास्तवमा निर्वाचन बिहारीशैलीको देखियो ।

स्थानीय तहको निर्वाचनले स्थानीय सरकार निर्माण गर्ने हो । जसले सुप्रशासन निर्माण र नागरिकलाई सामाजिक सेवा प्रदान गर्नु हो । पालिकाहरुलाई व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकार हुन्छ । निर्वाचनबाट छानिएका जनप्रतिनिधि, नागरिकका लागि जवाफदेही, जिम्मेवारी र पारदर्शीता अपनाउनु पर्ने हुन्छ । उपमहानगरपालिकामा को मेयर र को उपमेर भयो ? भन्नुभन्दा वडाध्यक्ष को भयो ? चासोको विषय हो ।

उनीसँग नागरिकको प्रत्यक्ष सम्बन्ध हुन्छ । बेलायतको निर्वाचन प्रणालीलाई हेर्ने हो भने त्यहाँ निर्वाचनको हल्ला हुन्न । बिहानदेखि राती १० बजेसम्म मतदान गर्छन् । नेपाली निर्वाचनमा होहल्ला र हुलदङ्गा बढी हुन्छ । यसले यसले सुरक्षाको चुनौती थपिन्छ । स्थानीय सरकारका प्रतिनिधिहरुले नागरिकको आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा सन्तुलित विकास गर्नु पर्छ । नागरिकको सेवक आफूलाई ठान्नु पर्छ ।

जनताको समस्या र मनोभावना बुझेर निर्णय गर्नु पर्छ । त्यसैमा उनीहरुको नैतिकता झल्किने छ । जबसम्म जनप्रतिनिधिहरु जनताप्रति उदार र उत्तरदायी बन्न सक्दैनन् तबसम्म उनीहरुको चरित्र देखिने छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक दलहरुको भूमिका ठूलो हुन्छ । दलको अध्यक्षले आफ्नो दलबाट छानिएको जनप्रतिनिधिले दलीय नीतिलाई कार्यक्रम र बजेटमा समावेश भयो अथवा भएन, ख्यला गर्नुपर्छ । जनप्रतिनिधिहरुमा लोभ, लालच र स्वार्थी भावना हुनु हुँदैन । आफूलाई सबै दलको नेतृत्व प्रदान गर्ने व्यक्ति सम्झनु पर्छ ।

नागरिकले दुःख, कष्ट सहेर निर्वाचित गराएका हुन्छन् । उनीहरुले अनुभूति गर्ने काम गर्नु पर्छ । आफ्नो इच्छाशक्ति नै नागरिकमा सेवा भावले हेर्ने हुनु पर्छ । आफ्नो कर्तव्य र कार्यक्ष्ँेत्रमा ध्यान जानु पर्छ । विगतका ५ वर्षे समयमा जनप्रतिनिधिका चरित्र हेर्दा अधिकांशमा अहम्ता, तामसी व्यवहार, अहंकारी स्वभाव, आर्थिक अनियमितताका चरित्रहरु नागरिकले देखेका छन् । निर्वाचनमा खर्च गरेको रकम उठाउन प्रवृत्तिका देखिएका थिए । जनउत्तरदायी सरकारको वातावरण बनेन । बनाउन पनि सकेनन् । धेरैको समय त्यसै बित्यो ।

स्थानीय तहको सरकारले, गाउँलेहरुले अनुभूति गर्ने खालका कामहरु धेरै वडाहरुमा भएनन् । गाउँमा शान्ति, सुरक्षा र अपराधीलाई कानुनी दायरामा ल्याउने काम पनि भएन । बुद्धिजीवी, श्रमजीवी, व्यापारी, उद्योगपतिप्रति सोचाइ वडाध्यक्षहरुको सकारात्मक कार्यशैली भएन, पाइएन पनि । त्यसैले होला, बालमन्दिर प्रावि घोराही दाङको मतदान केन्द्र (ङ) लाइनबाट मतदान गर्नेहरुले हातको औंठाछाप पुछ्दै बाहिरिएका थिए ।

सायद मतपत्रमा पनि औंठाछाप लागेको हुनुपर्छ । नेपालमा ९८ प्रतिशत साक्षर मुलुक भने पनि यो अवस्थाले सरकारी साक्षरता संख्या गलत तथ्यांक भएको पुष्टि गर्छ । नेपाली निरक्षर धेरै भएको शैक्षिक अवस्था देखाइदिने यस्ता कर्मचारीबाट के आशा नेपाली नागरिकले गर्ने ? भनिन्छ– बिहानीको उज्यालोले दिनको झल्को दिन्छ ।

स्थानीय सरकारका प्रमुख र वडाध्यक्ष नै सरकारका अगुवा हुन् । उनीहरु दलका प्रतिनिधि पात्र हुन् भने जनताका जनप्रतिनिधिहरु हुन् । उनीहरुलाई जनताका सेवक हुँ भन्ने भावना हृदयमा हुनु पर्छ । दलको प्रतिनिधिले गणतन्त्रात्मक शैली नअपनाएर पञ्चायती शैलीको विजय जुलुस अपनाउनु आफ्नो दलप्रति देखाएको अनास्था बढाएको बुझाइ दर्शकहरुको थियो ।

जनताको मतबाट पाएको पदले जनतालाई अनुभूति गर्ने काम गरेर देखाउने छु भन्ने प्रतिबद्धताको विजय जुलुस थियो तर व्यक्तिको जितको जुलुस देखाइयो । दलको महत्व झल्केन । यसले व्यक्तिमा अहम भावना र मातको लहर देखाएको पाइयो । कतै जनप्रतिनिधिहरु आफ्नो कार्यक्षेत्रमा हैकमवाद अपनाएर क्रुर प्रशासन अथवा शक्तिको शासक बन्ने त होइन ? बौद्धिकवर्गमा आशंका बढायो । आफ्नो कार्यको मूल्यांकन र महत्व आफैले दर्शाउने पनि जनप्रतिनिधिहरु छन् । पुरानाले नयाँ अनुभव गरेनन् र गर्न पनि सकेनन् ।

कतिपयले व्यक्तिगत स्वार्थलाई पहिलो प्राथमिकता दिएका थिए । पाँच वर्षमा पूरानाहरुले सम्पत्ति बढाएको, सहरबजारमा घरबास बनाएको नयाँ प्रवेशीहरुले बुझेका छन् । नयाँहरुमा भावियोजना छैन । पुरानाहरु दोहोरिए पनि नयाँपन देखाउन सक्ने दक्षता छैन । यदि दलहरुले आफ्नो उम्मेदवारको विजय र हारका विषयमा बौद्धिकवर्गलाई बोलाएर समीक्षा ग¥यो भने विजय र हारको विषय प्रष्ट हुनेछ ।

वडास्तरको पार्टी कमिटीको कार्यक्षेत्र हो । अध्यक्षको भूमिका हुन्छ तर दलहरुको कार्यक्रम हुँदैन । कुनै पनि दलले आफ्नो दलको जनप्रतिनिधिका कार्यहरुमा कमीकमजोरीमा सुधार गर्न चहन्नन् । त्यसैले स्थानीय सरकारमा अनियमितता बढ्दो संख्यामा छ ।

काठमाडौँ महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारप्रति युवायुवतीहरुको झुकाव बढी छ । उनले निर्वाचनमा प्राप्त गरेको मतले अग्रता पाउनु राजनीतिक दलप्रति जनताको अनास्था बढेको भन्नुपर्छ । दलका प्रतिनिधिले निर्वाचनबाट हासिल गरेको पदीय आचरण देखाउन सकेनन् भन्ने उदाहरण हो ।

निर्वाचित भएपछि दम्भ, अहंकार, मात लाग्छ र लोभ, लालच र विश्वासघात गर्ने प्रवृत्तिको विकास हुन्छ । मानवीय मनोवैज्ञानिक आधारमा अध्ययन गर्दा विकासका कामभन्दा स्वार्थपूर्ण काममा अग्रसर हुन्छन् । जबसम्म जनप्रतिनिधिहरुले जिम्मेवारी, जवाफदेही र पारदर्शीता अपनाएर व्यावहारिक बन्दैनन् तबसम्म नागरिकमा सामाजिक विकास र आर्थिकका कार्यक्रमहरु आउँदैनन् ।

दलका जनप्रतिनिधिहरु उदार चरित्रका बन्नु पर्छ । सरल प्रकृति र प्रवृत्तिको हुनुपर्छ । पुरानाले सीप सिक्न सकेको पाइएन । अब नयाँ र पुरानाले सरल र उदार भावना बन्नु पर्छ ।