गोरक्ष समाचारदाता
तुलसीपुर, ३० बैसाख । स्थानीय तह सदस्य निर्वाचन २०७९ तुलसीपुर उपमहानगरपालिकामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको सन्दर्भमा मतदानलाइ शान्तिपूर्ण एवं सौहार्दपुर्ण रुपमा सम्पन्न गराउने सवैमा तुलसीपुर उपमहानगरपालिका गठवन्धनका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले धन्यवाद एवं आभार व्यक्त गरेका छन् ।
मेयर पदका उम्मेदवार गिरीले शुक्रवार साँझ एक विज्ञप्ती जारीगर्दै तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गराउन खटिएका निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी वर्ग, सुरक्षाकर्मिहरुको टिम, राजनीतिक दलका सहकर्मी मित्रहरु, तथा संम्पूर्ण मतदाताहरुलाइ हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै विज्ञप्तीमा उम्मेदवार गिरीले लोकतान्त्रिक पद्धतीमा निर्वाचनको अहम भुमिका हुने र त्यसलाइ आफुहरुले सदैव आत्मसात गर्ने बताउंदै आगामि दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन् ।
त्यसैगरी गठवन्धनतर्फकै उपमेयर पदका उम्मेदवार जोगवहादुर रानाले पनि सवैलाइ धन्यवाद एवं हार्दिक आभार प्रकट गरेका छन् । उम्मेदवार रानाले लोकतान्त्रिक आन्दोलनको उपलव्धिलाइ संस्थागत गर्ने क्रममा आफुहरु गठवन्धनको उम्मेदवार बनेको स्मरण गर्दै स्थानिय तह निर्वाचनमा खटिएका सवैलाइ धन्यवाद दिएका हुन् ।
रानाले निर्वाचन सम्पन्न भएलगत्तै एक विज्ञप्ती जारीगरी निर्वाचनलाइ सौहार्द एवं शान्तिपुर्ण रुपमा सम्पन्न गराउन खटिएका संपुर्ण कर्मचारी, सुरक्षाकर्मि, सन्चारकर्मि, मतदाता, म्यादी प्रहरी, राजनितिक दलका नेतृत्वहरु एवं आफुहरुलाइ अमुल्य मत दिने संपुर्ण मतदाताहरुलाइ हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेका हुन् ।