गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन ध्यानदिनुहोस : सभापति पुन

घोराही, २० बैशाख । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारीलाई बिजयी बनाउने मुख्य प्राथमिकतामा राखेर चुनावी कार्यक्रममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियनमा आवद्ध पत्रकाहरु भेटघाट कार्यक्रममा बोल्दै प्रदेश सभापतिले पुनले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको भन्दै गठबन्धनका विरुद्धमा कोही पनि जान नहुने बताएका हुन । केन्द्रको निर्देशन अनुसार प्रदेशका सवै जिल्लाहरुमा गठबन्धनका माध्यमबाट चुनावमा जाने प्रयास भएपनि उनले सवै ठाउँमा जान नसकिएको बताए । ‘देशको परिस्थीति अनुसार गठबन्धन अहिलेको आवश्यकता हो ।

त्यही अनुसार प्रदेशका केही जिल्लाहरुमा गठबन्धन बनाएर चुनावी माहोलमा सत्तारुढ दलहरु संघसँगै छौ’,उनले भने,‘त्यी जिल्लाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई ढुक्कसँग भोट गर्नुहोस ।’ उनले विगतमा भएका रिसराग भुल्दै निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउनु सवैको कर्तव्य भएको समेत बताए ।

गठबन्धन बलियोका साथ अगाडि बढिसकेकाले लुम्विनी प्रदेशका धेरै ठाउँहरुमा जित सुनिश्चित भएको उनको भनाई थियो । गठबन्धनको व्यवस्थापनमा समस्याका केही ठाउँमा समस्या देखिएपनि ती समस्या समाधानका लागि जिल्लाहरुले पहल गर्नुपर्ने समेत बताए । ‘निर्वाचनमा धेरैको आकाक्षा थियो । तर गठबन्धन गर्दा त्यी साँथीहरुले टिकट नपाएर रिसाउनुभएको छ’,उनले भने,‘त्यी साथीहरुलाई जिल्लाका नेताहरुले फकाएर निर्वाचनमा सहभागी गराउनुपर्छ ।’

उनले लुम्विनी प्रदेशका सवै जिल्लाहरुका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई पार्टी र गठबन्धनको निर्णय विपरित नगएर पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न समेत अनुरोध गरेका हुन् ।