दाङमा आईपुग्यो मतपत्र

घोराही, १९ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा मतपत्र आईपुगेको छ ।

निर्वाचन आयोगले जिल्लामा मतदाताले प्रयोग गर्ने मतपत्र पठाएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार ४ लाख ४३ हजार मतपत्र जिल्लामा आइपुगेको बताए । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा ४ लाख ९ हजार ९ सय २ मतदाता रहेका छन् ।

त्यस्तै २०७४ पछि थपिएका मतदाताहरुको मतदाता परिचय पत्र पनि मतपत्रसँगै निर्वाचनले पठाएको निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताएका छन् । निर्वाचन अधिकृत भण्डारीका अनुसार जिल्लामा थपिएका मतदाता संख्या १ लाख १८ हजार ७ सय २८ रहेका छन् ।

निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् भने निर्वाचन आयोग निर्वाचन लक्षित तयारीमा जुटेको छ । दाङमा १२ वटा राजनीतिक दलका उम्मेदवारहरु २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।