तुलसीपुर, १७ बैशाख । नेपाली काग्रेस तुलसीपु्रले बृहत कार्यकर्ता भेला गर्ने भएको छ । आज दिउँसो तुलसीपुरमा कार्यक्रम गर्न लागिएको हो । तुलसरी उद्योग बाणिज्य संघको दोघरे सभा हलमा केन्द्रीय र स्थानीय नेताहरुको सभागितामा कार्यक्रम हुने नेपाली काँग्रेस तुलसीपुर नगर समितिले जनाएको छ ।
तुलसीपु्र उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट अगुवा कार्यकर्ता वृहत भेला तथा प्रशिक्षण कार्यक्रम केन्द्रिय नेताहरुको सहभागितामा आज दिउँसो साढे १ बजे हुने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा नगरप्रमुखका उम्मेदवार गेहेन्द्र गिरी, उपप्रमुखका उम्मेदवार जोग बहादुर राना, पूर्व मन्त्री तथा काग्रेस केन्द्रीय सदस्य दीपक गिरी, पूर्व सभामुख तथा माओवादी केन्दका प्रवक्ता कृष्ण बहादुर महरा, प्रतिनिधि सभा सदस्य एकिकृत समाजवादीका के्रन्द्रीय सदस्य हिराचन्त्र केसी, मन्त्री तथा काँग्रेस नेता, डिल्लीबहादु् चौधरी,राष्ट्रिय सभा सदस्य नेता माओवादी केन्दनेता जगप्रसाद शर्मा अपार, प्रदेश सभा सदस्य तथा काग्रेस नेता शंकर गिरी लगायतका नेताहरुको सभहागिता रहजे छ ।
कार्यक्रममा सहभागि हुन आयोजना गरिएको हुदा नेपाली काँग्रेस,माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ताहरु सबैजनालाई उपस्थितिका नगरको प्रचार प्रसार समितिले अनरोध गरेको छ ।