तुलसीपुर, १६ बैसाख । आसन्न स्थानिय तहको निर्वाचनमा गठवन्धनको पक्षमा अडिग रहेर मतदान गर्न नेपाली कांग्रेस क्षेत्र नं. ३ ले आग्रह गरेको छ । गठवन्धनकाबीच पनि केहि सक्रिय नेता कार्यकर्ता आधिकारीक उम्मेदवार बन्न नसक्ने परीस्थीति आएको औल्याउंदै योगदानका आधारमा सवैलाइ समेट्न क्षेत्रीय समिति प्रतिवद्ध रहेको पनि नेपाली कांग्रेस क्षेत्र नं ३ ले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
‘लोकतन्त्र र संघियताको कार्यन्वयन तथा संविधानको रक्षाकालागी गठवन्धन आवस्यक थियो, त्यसमा केहि साथीहरु अठाउन सक्नुभएन, उहाहरुको योगदानको पनि उचित सम्मान हुने प्रतिवद्धता सहित गठवन्धनको पक्षमा लाग्न हार्दिक अपिल गर्दछौं’, नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगत खड्का र सचिव शोभाकर सापकोटाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
लोकतान्त्रिक संविधानलाइ जोगाउन गठवन्धनको विकल्प नरहेको केन्द्रिय नेतृत्वको ठहरसहित जिल्लामा पनि आवश्यकता अनुरुप गठवन्धन भएको उल्लेखगर्दै विज्ञप्तीमा कुनैपनि नेता कार्यकर्ता यसबाट विचलित नहुन पनि आग्रह गरिएको छ ।
त्यसैगरी नेपाली कांग्रेस तुलसीपुर—११ ले बुझाएको ज्ञापनपत्रप्रति पनि क्षेत्रीय समिति गम्भीर भएको जनाउंदै विज्ञप्तीमा असन्तुष्टि जनाउने वडा इकाइका सवै मागलाई क्रमश उचित एवं न्यायिक संबोधन गर्ने पनि विज्ञप्तीमा जनाइएको छ । साथै गठवन्धनका आधिकारीक उम्मेदवारलाई तोकिएको चुनाव चिन्हमा मतदान गर्न पनि विज्ञप्तीमा आग्रह गरिएको छ ।