दाङ, १५ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरुले घोराही उपमहानगरपालिकाको कार्यक्रम तालिम सार्वजनिक गरेको छ । गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिले वैशाख १५ देखि २० गतेसम्मको कार्यक्रम तालिम सार्वजनिक गरेको हो ।
समितिको निर्णयअनुसार उपमहानगरपालिकाको विभिन्न वडाहरुमा कार्यक्रम तय गरिएको समितिका संयोजक नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले जानकारी दिए । वडास्तरमा उपमहानरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुको उपस्थितिमा कार्यक्रमका लागि मिति र समय तय गरिएको उनले बताए ।
जसअनुसार वैशाख १५ गते वडा नं. ६ मा विहान ८ बजे, वडा नं. ५ मा विहान १० बजे, वडा नं. ७ मा दिउसो २ बजे, वडा नं. १० मा दिउँसो ४ बजे कार्यक्रमहरु हुनेछ । वैशाख १६ गते वडा नं. १७ मा विहान ७ बजे, वडा नं. १८ मा विहान १० बजे, वडा नं. १३ मा दिउँसो २ बजे, वडा नं. १६ मा दिउँसो ४ बजे कार्यक्रम हुनेछन् । यस्तै वैशाख १७ गते वडा नं. ४ मा विहान ७ बजे, वडा नं. ३ मा बिहान १० बजे, वडा नं. १ मा दिउँसो १ बजे, वडा नं. २ मा दिउँसो ३ बजे र वडा नं. १८ मा बेलुका ५ बजे कार्यक्रमहरु गर्ने तय गरिएको छ ।
वैशाख १८ गते वडा नं. ८ मा विहान ८ बजे, वडा नं. ५ मा विहान १० बजे, वडा नं. ९ मा दिउँसो १२ बजे, वडा नं. ११ मा दिउँसो २ बजे र वडा नं. १२ मा दिउँसो ४ बजे कार्यक्रमका लागि समय तय गरिएको छ । यस्तै वैशाख १९ गते वडा नं. १९ मा विहान ७ बजे, वडा नं. १८ मा विहान ११ बजे, वडा नं. १३ मा दिउँसो २ बजे, वडा नं. १२ मा दिउँसो ४ बजे र वडा नं. ११ मा बेलुका ६ बजे कार्यक्रमका लागि समय तय गरिएको संयोजक खड्काले जानकारी दिए ।
वैशाख २० गते घोराही उपमहानगरपालिका वडा नम्बर २ मा आम सभा हुने भएको छ । समितिको निर्णय अनुसार उपमहानगरपालिकाको तीन स्थानमा आम सभा गर्ने योजना रहेको र सोही अनुसार पहिलो आमसभा २० गते दिउँसो २ बजे घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरमा हुने समितिमा सहसंयोजक तुल्सी डाँगी (मिलन) ले जानकारी दिएका छन् ।