दाङ, १०वैशाख । नेकपा एमाले घोराही कमिटीले चुनावी संकल्प–पत्र सावर्जनिक गरेको छ । पाँच वर्षमा एमाले नेतृत्वको घोराही नगरले गरेको काम र पार्टीले जितेपछि गर्ने काम समेटेर चुनावी संकल्प–पत्र सावर्जनिक गरिएको हो ।
पार्टी स्थापना दिवसको अवसरमा एमाले नगर कमिटीले चुनावी संकल्प–पत्र सावर्जनिक गरेको एमाले नगर कमिटी अध्यक्ष भुवन चौधरीले बताए । संकल्प–पत्रको सावर्जनिकरण एमाले पोलिटब्यूरो सदस्य तथा दाङ इन्चार्ज नरुलाल चौधरी, पोलिटव्यूरो सदस्य शान्ता चौधरी र केन्द्रीय सदस्य साजिदा सिद्धिकीलगायतका नेताहरुले गरेका हुन् ।
‘हाम्रो प्रतिबद्धता शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार, समुन्नत सीप र सुशासनयुक्त घोराही नगर भन्ने नाम दिएको सकल्प–पत्रमा पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, सिँचाई, महिला, बालबालिका, जेष्ठ नागरिक र अन्य क्षेत्रमा गर्ने कामहरु समेटिएका छन् । विगतमा उपमहानगरपालिकाले गरेका काम र निर्वाचन भएपछि गर्ने मुख्य कामहरुलाई समेटिएर संकल्प–पत्र निर्माण गरेका छौँ’, संकल्प–पत्र निर्माण कार्यदलका संयोजक तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य विकिरण गौतमले भने ।
उनका अनुसार यो पाँच वर्षमा एमाले नेतृत्व रहेको उपमहानगरले धेरै उपलब्धिमूलक काम भएको र बाँकी रहेका र अन्य कामहरुलाई व्यवस्थित र प्राथमिकीकरण गरेर संकल्प–पत्रमा राखिएको छ । नगरलाई बालमैत्री घोषणा गरेर विश्वमा नै राम्रो सन्देश दिएको भन्दै आगामी चुनाव जितेर थप नयाँ काम गर्न सकिने वताए ।
घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले एमाले नेतृत्वमा रहेको घोराही नगरले धेरै उपलब्धिमूलक काम गर्न सफल भएको बताए । ‘धेरै राम्रो काम भएको छ । केही नयाँ संरचनाहरु निर्माण प्रक्रियामा छन् । ती कामहरु पूरा गर्नको लागि नगरवासीले फेरि पनि जिम्मेवारी दिने विश्वास हाम्रो छ’, उनले भने । उनले चुनाव जित्ने गरेर लाग्न सबैलाई अनुरोधसमेत गरे । कार्यक्रमको सहजीकरण एमाले घोराही नगर कमिटी सचिव इन्द्र बुढाथोकीले गरेका थिए ।
एमाले तुलसीपुरको चुनावी संकल्प पत्र
नेकपा एमाले तुलसीपुरले स्थानीय तह चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । सुशासन र पर्यावरणमैत्री शहर : तुलसीपुरकोबासीको रहर भन्ने नारा सहित नेकपा एमाले तुलसीपुर नगर कमिटीले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । नेकपा एमाले तुलसीपुर नगर कमिटीले एक कार्यमको आयोजना गरेर प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
गरिबीमुक्त, सुशासनयुक्त,लैङ्गिक समता, सामाजिक न्याय, वातावरणीय सन्तुलन र समावेशी विकासका अवधारणामा आर्थिक, सामाजिक, वातावरणीय र साँस्कृतिक रुपमा विकासमैत्री देशकै नमुना स्थानिय सरकार र नमुना उप महानगरपालिका बनाउने लक्ष्य रहेको प्रतिवद्धता पत्रमा उल्लेख छ । समृद्धिको मूल आधार अन्र्तगत सडक तर्फ तुलसीपुर विकास प्राधिकरणमार्फत तुलसीपुरका सबै बस्तिलाई सडक सञ्जालले छुनेगरी ट्रयाक निर्माणको कामलाई अघि बढाउने र ट्रयाक खोलिएका सबै सडकहरुमा कालोपत्रे गर्ने पत्रमा उल्लेख छ ।
तुुलसीपुुर उपमहानगरपालिकाका सबै बस्तीहरूलाई छरिएको अवस्थाबाट एकीकृत रूपमा बस्ती विस्तार हुुनेगरी व्यवस्थित गर्ने, निजी क्षेत्रले विकास गरेका बस्तीहरूका लागि पनि मापदण्ड बनाई पालना गर्न लगाउने, केही बस्तीहरुलाई नमुना वनाउनका लागि एकै किसिमको रङ , एकै किसिमको घरको संरचना जस्ता कुरामा जोड दिइनेछ । व्यवस्थित र सुविधा सम्पन्न शहरको विस्तार गर्नुका साथै तुलसीपुरलाई स्मार्ट सिटीको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।
प्रतिवद्धता पत्रमा भु उपयोग नीति अन्र्तगत अव्यवस्थित शहरीकरणलाई रोकी बसोबास, कृषि, कलकारखाना, चरिचरण लगायतका विभिन्न क्षेत्र तोकेर भूउपयोग नीतिलाई कार्यान्वयनमा लग्ने, एक वडा : एक खेल मैदान अन्र्तगत यस उप९महानगरपालिकाका प्रत्येक बस्तीहरूमा खेल मैदानको निर्माण गर्ने, अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरको खेल जितेका खेलाडीहरूलाई विशेष प्राथमिकता साथ प्रोत्साहन भत्ताको व्यवस्था गर्ने , माटो र पानी९ सुन्दर जिन्दगानी अन्र्तगत यस उप९महानगरपालिकाका खेतीयोग्य जमिनमा उत्पादन र उत्पादकत्व बढाउन सिंचाईका स्रोतहरुलाई उचित व्यवस्थापन गर्दै परम्पराग सिचाँइ कुलाहरुलाई पक्की गर्दै लग्ने, एक बस्ती एक पोखरीको निर्माण गर्ने, व्यावसायिक कृषि गर्ने किसानहरुलाई सिचाई मिटरमा पूर्ण अनुदान दिने लगायतका छन् ।