हिमाल महरा
घोराही, २९ चैत्र । बंगलाचुली गाउँपालिकामा ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बंगलाचुली गाँउपालिका –८ हासिपुरमा युवा नेता बामबहादुर महराको नेतृत्वमा नेकपा एमाले र माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
महरासँगै गुमानसिंह खत्री, जुद्ध बहादुर खत्री, थमनसिंह ज्ञवाली, पदम ज्ञवाली, बसन्त पुन, राजेन्द्र बुढा, खुशल गाह, दुर्गा ब। खत्री लगात ८७ जना प्रवेश गरेका हुन् । उनीहरुले एमाले र माओवादी पार्टीले जनताको सेवाभन्दा व्याक्तिगत स्वार्थ र जनतालाई धोका दिने काम गरेको हँुदा कांग्रेसमा प्रवेश गरेको बताएका थिए ।
नेपाली कांंग्रेस बंगलाचुली–८ वडा सभापति ज्ञानबहादुर वलीको सभापति तथा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्काको प्रमुख अतिथ्यतामा र नेपाली कांग्रेस कांग्रेस क्षेत्र नं. ‘क’ का सभापति प्रकाश श्रेष्ठको विशिष्ट अतिथिमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा क्षेत्रीय सदस्य पदम शर्मा, नेपाली कांग्रेस बंगलाचुलीका सभापति जागेश्वर अधिकारी, नेपाली कांग्रेस बंगलाचुली–५ का वडा सभापति केशब जिसी, क्रियाशील सदस्य बसन्त जोशी, नवप्रवेशी बामबहादुर महरालगायतले आफ्नो भनाइ राखेका थिए । नेपाली कांग्रेस बंगलाचुली–८का नेता डम्बर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बंगलाचुली उपसभपाति ईन्द्रमणि ओलीले गरेका थिए ।