एकीकृत समाजवादी दाङको चुनाव परिचालन समिति संयोजकमा : राना

दाङ,२० चैत । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पार्टीलाई सशक्त रुपमा लैजानका लागी एकीकृत समाजवादी दाङले चुनाव परिचालन समितिको संयोजकमा जोगबहादुर रानालाई चयन गरेको छ ।

स्थानीय तहको चुनावदेखि प्रदेश र संघका निर्वाचनलाई मध्यनजर गरी नेकपा एकीकृतका दाङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रानाको संयोजकत्वमा १ हजार १ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको हो ।

चुनाव परिचालन समितिमा केन्द्रीय सदस्यदेखि प्रदेश समिति,जिल्ला समिति,वडातहका पदाधीकारी र जनसंगठनका प्रमुखहरु रहेको नेकपा एकीकृत समाजावादी दाङका प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिएका छन् ।

उनका अनुसार समितिले आउने चुनावलाई मध्यनजर गर्दै जिल्लाका दश वटै स्थनीय तहहरुमा घरदैलो अभियानलाई तीव्रता दिएको छ ।