दाङ, ११ चैत । लुम्विनी प्रदेशको सवैभन्दा ठुलो राशीको क्रिकेट प्रतियोगिता ‘दाङ क्रिकेट लिग’ आजदेखि सुरु हुने भएको छ । दाङ क्रिकेट संघको आयोजनामा घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया क्रिकेट मैदानमा हुन थालेको प्रतियोगिता यहि चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजक दाङ क्रिकेट संघले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि अक्सनमा आधारिक प्रदेशको सवैभन्दा ठुलो प्रतियोगिताको सवै तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताका लागि मैदान व्यवस्थापन, खेलाडी आउने, निमन्त्राणलगायतका सम्पूर्ण तयारी परा गरिएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतियोगिताका लागि मैदानमा तीन वटा पिच निर्माण, खेलाडी चेन्जिङ रुम, मिडिया रुमलगायतका आवश्यक पूर्वाधारहरु निर्माणको सकिएको अध्यक्ष मजगैयाले बताए । ‘जिल्लाको प्रतिष्ठासँग जोडिएको प्रतियोगिताको तयारी सवै पुरा भएका छौ’,अध्यक्ष मजगैयाले पत्रकार सम्मेलनमा भने,‘अव शनिवार करिव विहान ८ बजे प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।’ प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले गर्ने भएका छन् ।
प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र दोश्रो हुने टिमले नगद एक लाख रुपैयाँसहित शिल्ड, टफि र प्रमाणपत्र जित्ने भएका छन् । साथै प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन खेलाडीहरुलाई समेत विधागत रुपमा पुरस्कृत गरिने भएको छ ।
कार्यक्रममा प्रतियोगिताको ट्रफि समेत सार्वजनिक गरिएको थियो । उक्त ट्रफि प्रेस काउन्सील नेपालका सदस्य एव दाङ क्रिकेट संघका सल्लाहकार शरद अधिकारीले गरेका थिए । प्रतियोगितको उद्घाटन खेल घोराही टाईगर्सले देउखुरी वारियर्ससँग विहान खेल्नेछन् । प्रतियोगिताको बिजेता टिमले दुई लाख रुपैया र उपबिजेता टिमले नगद एक लाख रुपैया जित्ने छ ।