सद्भावना र ज्ञानको रंगमा रंगीने पर्व होली

ब्रह्माकुमार माधव तिमिल्सेना राजयोगी’

नेपाली संस्कृती र परम्परामा चाडपर्वको अत्यन्त महत्व रहेको छ । हरेक पर्वहरुले कुनै न कुनै रहस्य बोकेका हुन्छन् जसले मनुस्यलाई आद्यात्मिक शक्ति र उर्जा भर्ने काम गरेको हुन्छ । बदलिंदो समयचक्रमा भौतिक दृष्टिकोणले मात्र सोच्नुको कारण आजकल पर्वहरु केवल देखावटी,लौकिक वा भौतिक र देहअभिमानको वशिभूत भएर मनाउनुले केवल प्रथामा मात्र सिमित रहदै गएको पाइन्छ ।

वास्तवमा हरेक पर्वका पछाडि आध्यात्मिक रहस्य अवश्य नै लुकेको छ । होलीका लागि भनिन्छ— एक हिरण्य कश्यप दैत्य राजा थिए, जसले स्वयंलाई नै भगवान् सम्झिन्थे । तपस्याको बलले उनले कसैले मार्न नसक्ने वरदान पाएका थिए रे । उनको छोराको नाम प्रह्लाद थियो । प्रह्लाद ईश्वरप्रेमी थिए त्यसैले आÇनो पितालाई भगवान्को रूपमा मान्न अस्वीकार गर्दथे ।

यसैले हिरण्य कश्यपले उनलाई धेरै कष्ट दिने, कहिले सर्पको कोठामा थुन्ने त कहिले पहाडबाट खसाली दिने आदी आदी । ईश्वरप्रतिको अनुपम प्रेम र विश्वासका कारण वालक प्रह्लाद हरेक परिस्थितिलाई सहजै पार गर्न सक्थे । एक दिन होलीका नामकी उसकी फुपू जसलाई आगोमा पनि नजल्ने वरदान प्राप्त थियो, उसले प्रल्हादलाई काखमा लिएर आगोले डढाउन बसीन् तर विडम्वना ! त्यसदिन होलीका आगोमा जलेर आफै भस्म भइनर्् । प्रल्हादलाइृ केही पनि भएन । त्यसैको यादगारको रूपमा होलीको पर्व मनाइने गरेको पौराणिक कथामा उल्लेख भएको पाइन्छ ।

यो त केवल कहानी मात्र हो । वास्तविकता भने यस्तो छ :— जब सृष्टिमा अति ग्लानि हुन्छ त्यतिखेर मनुष्य स्वयंलाई नै सबै कुरा मान्न पुग्दछ । परमात्मालाई गाली दिन्छन, कलड्ढ लगाउँछन । भक्तहरूमा पनि अत्याचार हुन्छ । धर्मको मार्गमा चल्नको लागि पनि सहयोग दिइँदैन । यस्तो समयमा निराकार परमपिता परमात्मा यस पतित सृष्टिमा एउटा मनुष्य तनमा अवतरित हुनुहुन्छ ।

कलियुगको अन्तिम समय सत्ययुगको प्रारम्भिक समय जो वर्तमानमा चलिरहेको छ यसलाई नै सड्डमयुग भनिन्छ । यसै समयमा परमात्मा शिव पिताले आÇना भक्तहरूलाई अर्थात् उहाँलाई चिन्ने बच्चाहरूलाई विकारको अग्निबाट बचाउनका लागि ईश्वरीय याद अर्थात् श्रेष्ठ स्मृतिरूपी कवच दिनुहुन्छ । यसैबाट सृष्टिमा लागेको विकारको आगोबाट मानव आत्माहरु सुरक्षित रहन्छन् । किनकि यो विकारको अग्नि अर्थात् माया धेरै नै प्रबल छ ।

त्यसैले वास्तवमा यही हो होलीका दहन । अन्तिम समयमा परमात्माको यादको शक्तिबाट सुखको दुनियाँ स्थापना हुनेछ तथा यो विकारी दुनियाँ भस्म हुनेछ अर्थात् होलीका जल्नेछ । होलीका दिन गोबरका डल्ला बनाएर होली जलाउँछन् । यसको रहस्य यसरी सम्झन्छन्— यसबाट दुःख दरिद्रता र अपवित्रता दूर हुन्छ । गोबरको डल्ला जलाएरमात्र हुँदैन बरु हामीले मनका दूषित वृत्तिहरू,कपट भाव वा दुर्भावानाहरू आदिलाई ज्ञान र योग अग्निले भस्म गर्नुछ । तबमात्रै जीवन आनन्दमय, पवित्र र सुखमय बन्नेछ ।

होलीलाई राक्षस विनाश पर्व पनि भनिन्छ किनकि हामीभित्र जुन अवगुण, ५ विकार छन् ती परमात्माले दिएको ज्ञानद्वारा विनाश अर्थात् खत्तम भएर नयाँ दुनियाँमा हामी नयाँ संस्कार धारणा गर्नेछौं । होलीको दिनमा एक अर्कालाई रड्ड लगाउँछन् । वास्तवमा यो हामी सबै आत्माहरूलाई स्वयं परमात्माले ज्ञानको रड्ड लगाउनुहुन्छ, त्यसको प्रतीक हो । रड्डका साथै भुटेका चना, गहुँ, जौ आदि एक आपसमा दलेर मड्डल मिलन मनाउँछन् ।

वास्तवमा मड्डल मिलन त्यसलाई भनिन्छ जब ह्ृदय शुद्ध हुन्छ, एक अर्काप्रति प्रेमभाव हुन्छ । यो तब सम्भव छ जब परमात्मा ज्ञानको रड्ड लगाइन्छ । त्यस पछिमात्र मड्डल मिलन हुन्छ । मनुष्य त प्रेमभाव वा रड्डको होलीको साटो आपसमा रगतको होली खेल्न थालिसकेका छन् । आज विभिन्न देव देवीहरुका झाँकीहरु सजाइन्छ तर आफूभित्रको कमी कमजोरीलाई झांकेर हेरेको हुदैनौ, आत्म अनुशासन आत्म विश्लेषण एवं स्व चिन्तन गरिदैन भने हाम्रो जीवनमा खुसी आनन्द कसरी आउन सक्छ त ? यस प्रकार होलीको यथार्थ रहस्यलाई जानेर होली मनाउनु छ ।

जसद्वारा मनका दूषित वृत्तिहरू समाप्त होऊन् । आपूm आत्मालाई परमात्माद्वारा दिइएको ज्ञान रड्डले रड्डयाएर त्यही ज्ञान–रड्ड,सत्य सड्डतको रड्ड अरूलाई पनि लगाउनु छ । यो नै सच्चा होली हो । होली भनेको नै पवित्र, होली भनेको नै परमात्माको बन्नु हो । जसरी होली शिशिर ऋतुको अन्त्यपछि वसन्त ऋतुमा पर्दछ, सबै चीज उजाड भएर नयाँ पालुवा पलाउन थालेको हुन्छ त्यसरी नै सत्ययुग आउनुभन्दा पहिला नै यो पुरानो दुनियाँ विनाश भएर सत्ययुगी सुखदायी दुनियाँ ल्याउनु छ ।

जसरी होलीको दिनमा अनेक चीजहरू आगोमा जलाउँछन् त्यसरी नै विनाशी शरीर समाप्तिपछि अविनाशी अजर अमर आत्मामात्र रहन्छ । त्यसैले आउनुहोस्, स्वयं परमपिता परमात्मा नित्य ज्ञानको रड्ड हामी सबै आत्माहरूलाई लगाइरहनुभएको छ, यस रड्डमा स्वयंलाई यसरी पक्कागरी रड्डयाउनु छ ताकि शरीररुपी चोला नै छुटे पनि रड्ड नछुटोस् । तबमात्रै भन्न सकिन्छ— हामीले सच्चा– सच्चा होली मनायौं । स्वयं परमात्माद्वारा रचित प्रजापिता ब्रÞह्माकुमारी ईश्वरीय विश्व विद्यालयका अनेक सेवाकेन्द्रहरूद्वारा परमात्मा हामी आत्मामा ज्ञान योगको रड्डको पिचकारी(फोहारा) लगाएर सच्चा–सच्चा होली नित्य मनाइरहनुभएको छ ।

शिवरात्री पश्चात फागुन पूर्णिमाको दिन होली मनाइन्छ । पहिलो दिन होलिका दहन,अर्को दिन रंग खेल्नु र अन्तमा मंगल मिलन गर्नु । होलीका दहन गर्नु अर्थात विगत वर्षहरुमा भएका कटूता ृविकृत स्मृतीहरु जलाउनु आफ्ना दुःखहरु भूलाउनु र हांस्दै खेल्दै नयां वर्षको आव्हान गर्नु हो । दाउरा गोवरका गुंइठा मात्र जलाएर दुःख दरिद्रता तथा अपवित्रता नष्ट नभै झन वृद्धि हुदै गइरहेको हामीले प्रत्यक्ष देखेका छौ, भोगेका छौ ।

तसर्थ होली अर्थात जो वित्यो सो वित्यो त्यसको चिन्ता लिनु छैन,बरु अगाडीका लागी श्रेष्ठ कर्म ,ज्ञानयुक्त भएर गरौ । होली अर्थात हो–लि जे कार्य गर्नुछ त्यो परमात्मा आदेश वा श्रमित अनुसार गर्नुछ । ज्यष् िmभबलक एगचष्तथ (पवित्रता) । जे पनि गर्नुछ कुनैपनि मनोविकारको वशिभूत नभएर शुद्ध रुपमा होस् । आत्माको चोली ज्ञानमा रंगीएर परमात्मासंग बास्तविक मंगल मिलन मनाउनु हो सच्चा होली । होलीको उत्सवले व्यर्थ र नकारात्मक सोचलाई समर्थ र उच्चतामा बदल्ने सन्देश दिन्छ ।

विगतलाई भुल्नुमा नै कल्याण समाएको छ । एबकत ष्क एबकत। क्ष्त ष्क बक अबलअभििभम अजभत्रगभ।विध्न बाधाहरुको वीचमा अचल रहेर ईश्वरीय शक्तिमा गहिरो आस्था राख्न सिकाउंछन् पर्वहरुले । प्राप्त ईश्वरीय ज्ञान शक्तिलाई विश्व कल्याणको कार्यमा सदुपयोग गर्ने प्ररेणा दिन्छ यस उत्सवले । परमात्माको यादले (राजयोग) अद्यात्म दर्पणमा स्वयलाई देख्न र आत्मा अवलोकन गर्ने प्रेरणा दिन्छ । आजभोली स्थूल रंगको साथसाथै शरीरलाई असर गर्ने मोविल,तेजाव हिलो आदीको प्रयोग हुनु विडम्वना हो ।

सद्भाव,उमंगको पर्व आजभोली विकृत जुवा जांडरक्सि र मांशाहार,सामाजिक अराजकता मात्र नभै हिंसात्मक वन्दै गएको आभास हुन्छ । आद्यात्मिकतालाई तिलान्जली दिइर भौतिक रंगले करोडौ रुपैयाको रंग र कपडाको बर्वादी बाहेक केही होइन । आजभोली त प्रतिसोधको भावना र रिसइवी सांध्ने मौकाको रुपमा यस्ता उत्सवहरुलाई लिएको पाइन्छ । हुनपर्ने त आफूभित्रका कुदृष्टि,ईश्र्या द्धैष अहंकार, घृणा, वासना तथा आसुरी वृतिहरुलाई स्वाहा पार्नु पर्ने आद्यात्मिक रहस्य ओझेल परेको देखिन्छ ।

आजकल त्यसबाट आध्यात्मिकता रित्तिएको हुनाले यो पूर्वजहरूको रीति रिवाजसम्म मात्र रहन पुगेको छ जहां प्रेम, खुसी तथा प्राप्ति छैन । जसरी आत्मा विनाको शरीर वेकम्पा हुन्छ र त्यसलाई मूर्दा संझेर जलाइन्छ त्यसरी नै आद्यात्मिक अर्थ विनाको पर्व मनाउनु पनि बेकार छ । अद्यात्म जगतको एक महत्वपूर्ण र तथ्यात्मक कुरा यो छ कि आत्मा निरन्तर आफ्नो अतितको आदी स्वरुपका आत्मिक गुण र अनुभवतिर फर्किन चाहान्छ । आत्मा आफ्नो पूर्णताको अनुभव गर्न सतत् प्रयास हुन्छ ।

उत्थान र पतन, जन्म पुनर्जन्मको एक चक्रिय क्रम छ । चैतन्य शक्ति आत्माभित्र जीवन यात्राको आदी कालमा गरेका निज गुण अनुभव र अलौककतामा समाहित हुन्छन । यो संसारमा दुई विपरित शक्तिहरु हुनु सृष्टि निर्माणका सिद्धान्त हो तर परस्पर विरोधी भएर पनि यि दुवै परिपुरक छन् । चेतना आफ्नो निर्वन्धन स्वरुपको स्थितिबाट सतोप्रधान(पवित्र) संसारको स्थापना गर्न सफल हुन्छ । भावार्थ यही हो कि नितान्त निर्वन्धन आत्म चेतना (अशरीपन) को शिखर अनुभव बढाएर नै अलौकिक रास संभव हुन्छ ।

अलौकिक रासको भावदशाद्धारा सतोप्रधान सृष्टिको रचना सहज हुन्छ । विश्वमा अनेक देशमा होली अलग अलग प्रकारले मनाइन्छ ।यद्दपी रुप प्रकार पृथक भएपनि सवैको मनोस्थितिमा खुशी र उमंग उल्लास भरिएको हुन्छ । आद्यात्मको यात्रा अनुभवले भन्छ कि अलौकिक रास (नृत्य) को भावमा चैतन्य उर्जा आफ्नो निज गुणको पूर्णताको अनुभव गर्दछ । यस स्थितिमा हुने अनुभूति खुशीको हुन्छ । त्यसैले होली पर्वले एक अद्धितीय अर्थ लिएको हुन्छ । परिवर्तनशील संसारमा भौतिक देहको अन्त्य निश्चित छ ।

त्यसैले प्राप्त शक्तिहरुको पनि आफ्नो सीमा हुन्छ । सिमित र अल्पकालीन धन,पद,प्रतिष्ठा आदी शक्तिहरुमा गर्व वा घमण्ड गर्नु पनि मूर्खता हो,भूल हो । ईश्वरीय बरदानलाई यदि नकारात्मक रुपले गलत प्रयोग भएमा वा अतिको व्यवहार प्रदर्शन गरेमा अन्ततः त्यस्तो वरदान समयमा काम आउंदैन यात समाप्त भएर जान्छ । संसारको यो अकाट्य सिद्धान्त छ कि ईश्वरीय (शुभ) शक्तिहरुमा आसुरी शक्ति भन्दा शक्तिशाली हुन्छन् ।

यो गतिमान संसारमा सवै चिज निरन्तर बदलिरहन्छ र जो हिजो थियो त्यो आज छैन, जो आज छ त्यो भोली हुनेछैन । तसर्थ यहां केही पनि स्थायी छैन अतः वर्तमानमा बांच्न सिकौ तर आसक्ति भएर होइन । जीवनको स्वाभाविकता तन र मनले हल्का रहनुमा छ । अनाशक्त भएर काम गर्नुमा नै जीवनको सार लुकेको छ ।

परमात्मा संग वा ज्ञानको रंग वास्तवमा उल्लास दिने रंग हो । किनकी जव परमात्मा ज्ञानको रंग लगाउनु हुन्छ तव आत्मा पवित्रताको ब्रत लिन्छ । ज्ञानवान वनेर एक अर्कोलाई यस्तो ज्ञानको रंग लगाउनुपर्छ कि जसले सर्व मनुस्य आत्माहरुभित्र बसुधैव कुटुम्वकम् र सद्भावनाको सामा्रज्य स्थापना हुन सकोस् ।

शारीरिक रुपमा हामी अनेक धर्म जाती वर्ण र रंगभेदको घेरामा विभाजित छौ तर आत्मिक रुपमा हेर्ने हो भने एक पिताका सन्तान आपसमा भाइ भाइ एक विश्व परिवार हो । यही स्मृती भयो भने मात्र पनि सम्भाव र सकारात्मक दृष्टिकोणमा परिवर्तन आई जीवन रुपान्तरणमा सहजता आउन सक्नेछ । वर्तमान समय हामी सवै संगमयूगमा छौ । यो संसार परिवर्तनको संघारमा उभिएको छ ।

सृष्टिका नियन्ता सर्व आत्माहरुका रचयिता कल्याणकारी शिव पिता यस धरतीमा अवतरित भैसक्नु भएको छ तसर्थ यस पावन अवसरमा हामी आत्माहरुले आफ्ना व्यर्थ संकल्पहरुबाट मुक्त हुने अवसर हो । यस्तो ज्ञानयुक्त होली खेलेर होली (पवित्र) बन्न सबैलाई होलीको हार्दिक मंगलमय शुभकामना । ओम् शान्ति ।

लेखक एक आद्यात्मिक अभियन्ता–ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयसंग सम्वद्ध छन् ।