कृषिको रुपान्तरणका लागि मुल्यश्रृंखला परियोजना
दाङ, २६ फागुन । नेपाल सरकार, अर्थ मन्त्रालय र कृषिविकासकालागि अन्र्तराष्ट्रिय कोष बीच यस अघि भएको सम्झौता बमोजिम छ बर्षको लागि संचालनहुने कृषिको समावेशी रुपान्तरणका लागि मुल्यश्रृंखला परियोजना(भिटा) कार्यक्रमको कृषि, खाद्यप्रविधि तथा भुमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव तथा कार्यक्रमका प्रमुखअतिथि बैकुण्ठ अधिकारीले तिलोत्तमा शुभारम्भ गरेका छन् ।
हालैका दिनमा नेपाल सरकारले कृषि लगानीकालागि अगुवा बैंकको रुपमा परिभाषित गरेको, किसान कार्ड÷एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरी श्रोत संकलन मार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पुर्याउदै आएको कृषि विकास बैंकलाई उक्त कार्यक्रम संचालनको लागि नेपाल सरकार मार्फत आगामी ६ बर्ष भित्रलगानी गर्ने गरी करीब ८० मिलियन अमेरीकी डलर सहुलियत वित्तीय ऋण सहयोग उपलब्ध हुने छ ।
यो कार्यक्रम दाङमा पनि लागु हुने कृषि विकाश बैंक प्रदेश कार्यालय दाङका प्रमुख गिरीराज रेग्मीले जानकारी दिएका छन् । भिटा कार्यक्रम लुम्बिनी, बागमती र मधेश प्रदेशका २८ जिल्लाहरुमा १२ वटा बाली तथा पशु वस्तुको मूल्यश्रृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ ।
उक्त अवसरमा बैंकका उप महाप्रबन्धक बाबुकाजी थापाले भिटा परियोजनाको संक्षिप्त जानकारी प्रस्तुतगर्दै यस कार्यक्रमले बजार मागमा आधारीत कृषि बस्तुको व्यावसायिकरण मार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजनाहुने तथा कृषिको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको र प्रत्यक्ष रूपमा देश भरिका १ लाख २० हजार साना कृषक परिवारहरु विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धिगर्दै जीविकोपार्जनमा सुधार गर्ने बताए । उनले कार्यक्रमको तेश्रो पूर्वाधार कृषि, खाद्य प्रविधि तथा भुमिव्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशले संचालन गर्ने समेत जानकारी दिएका छन् ।
कार्यक्रमको शुभारम्भ गर्दै कृषि सचिव अधिकारीले परियोजना कार्यान्वयनमा मन्त्रालयको भुमिका प्रष्ट पार्दै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषि विकास बैंक किसानबाटै टाढा भएको होकीभन्ने भानभएको वर्तमान परिवेशमा यस परियोजनाको माध्यमबाट फेरी किसानका माझमा आफ्नो पहिचानलाई अझ प्रष्ट पार्नेछ भन्ने विश्वास गर्दै परियोजनाको सफल कार्यान्वयनकोलागि शुभकामना समेत व्यक्त गरे ।
दात्तृ निकाय कृषि विकासको लागिअन्र्तराष्ट्रिय कोषका तर्फबाट आवासिय निर्देशक रोशन कोके कोष र नेपाल सरकारले विगत ४ दशक देखी सहकार्य गर्दै आएको र हालसम्म नेपालमा लागु भएका विभिन्न आयोजनामध्ये भिटा सबैभन्दा ठूलो आयोजना रहेको र यसले नेपालमा कृषिको व्यावसायीकरणको लागी महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै इन्भष्टमेन्ट निदरल्याण्डका प्रतिनिधि रोविन बाउष्टीडले भिटासंगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं.१५ र १६ मा निर्माण हुने सेमलार बहुउद्धेश्य एकिकृत कृषिथोक बजारको गुरुयोजनाको बारेमा संक्षीप्त जानकारी गराएका थिए ।
त्यसैगरी कोषका परामर्शदाता श्यामबहादुर खड्काले सहभागीहरुबाट आएका जिज्ञासालाई प्रष्ट पार्दै परियोजनाको विषयमा थप जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रबद्र्धन केन्द्रका प्रमुख महेन्द्र नाथ पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागतगर्दै बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तवले दात्तृनिकायमार्फत प्राप्त उक्त सहुलियतपूर्ण रकम सही ढंगबाट यस प्रदेशका कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मुल्यश्रृंखलामा आवद्ध गराई लगानी गरिने र यसबाट अधिकांस किसान लाभान्वीत हुने जानकारी गराएका थिए ।
कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कार्यक्रमको समापन गर्दै परियोजना अन्र्तगतको यो रकम बैंकले स्थापनाकालकै उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी तथा आयात प्रतिस्थापनहुने गरी मूल्यश्रृंखलाको अवधारणाबाट लगानी गरिने बताए ।
सो कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, अन्र्तराष्ट्रिय गैह् सरकारी निकाय, आयोजना, परियोजनाका प्रतिनीधिहरु कृषक तथा उद्यमीहरु तथा प्रदेश कार्यालयका कर्मचारीहरु, बैंक कर्मचारी संगठनका प्रतिनीधिहरु पत्रकारहरु गरी ६० जनाकोे उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन बैंकका बरिष्ठ शाखा प्रमुख प्रेम प्रसाद खनालले गरेका थिए ।
यस कार्यक्रमा सहभागी भएका कृषि विकास बैंक लि. प्रदेश कार्यालय दांगका निर्देशक गिरीराज रेग्मीले भिटा परियोजना दांग, बाँके, बर्दिया, रोल्पा, प्युठान र पूर्वि रुकुम जिल्लाका क्षेत्रहरुबाट पनि चाडै कार्यान्वयनमा आउने जानकारी गराएका थिए ।