दाङ,२३ फागुन । पत्रकार महिला मञ्चले आफनो १८ औं स्थापना दिवस सोमवार घोराहीमा मनाएको छ ।
पत्रकार महिला मञ्चका अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला पत्रकारहरुको व्यवसायीक हकहितसँगै पेसागत सुरक्षाका लागि महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए । स्थापना दिवसका अवसरमा मञ्चकी अध्यक्ष आचार्यले संस्थाका गतिविधीका वारेमा प्रकाश पारेकी थिइन ।
पत्रकार महिला मञ्चकी उपाध्यक्ष सुशीला आचार्यको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रममा संकल्प महिला संचार संस्थाका अध्यक्ष एव नेपाल पत्रकार महासंघका उपाध्यक्ष वसुन्धरा गौतम, संचारीका समुह दाङका अध्यक्ष एव गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सूलोचना गौतम, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशीखा चौधरी, क्रियाशिल पत्रकार महिला दाङका अध्यक्ष रोशनी मल्ल, पत्रकारहरु रिता लामा भावना सुवेदी,सुशीला वली, अनिता पोख्रेललगाएतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण सचिव राधा पौडेलले गरेकी थिइन । स्थापना दिवसका अवसरमा मञ्चले नयाँ पत्रकारहरुलाई साधारण सदस्यता समेत प्रदान गरेको थियो ।