दाङ क्रिकेट लिगको हस्पिटालिटी पाटनरमा भिंङ्ग्रेली भिलेज रिसोट

दाङ,२१फागुन । दाङ जिल्ला क्रिकेट संघले यही चैत्र १२ गतेदेखि दाङमा संचालन गर्न लागेको दाङ क्रिकेट लिग– २०७८ को हस्पिटालिटी पाटनरको रुपमा भिंङ्ग्रेली भिलेज रिसोट हुने भएको छ ।

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगितालाई धेरैले चासोको रुपमा लिएका बेला भिंङ्ग्रेली भिलेज रिसोटले प्रतियोगितालाई सफल बनाउन सहोग गर्न लागेको रिसोटका संचालक निरन्जन राजभण्डारीले जानकारी दिएका छन ।

‘जिल्लामा हुन लागेको यति ठुलो प्रतियोगितालाई सबैले मिलेर सफल वनाउने दायित्व हो’,सञ्चालक राजभण्डारीले भने,‘ भिंग्रेली भिलेज रिसोटले पनि सामाजिक उत्तर दायित्व बहन गरेर प्रतियोगितालाई सहयोग गर्न लागेको हो’ ।

भिंङ्ग्रेली भिलेज रिसोटले प्रतियोगिताको हस्पिटालिटी पाटनरको रुपमा रहेर प्रतियोगितालाई करिब १ लाख बराबरको सहयोग गर्ने सम्झौता भएको संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिएका छन् । प्रतियोगिताको संरक्षकको रुपमा घोराही उपमहानगरपालिका रहेको छ ।