शिव राज खनाल
दाङ,२१ फागुन । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले ढुवानी भाडा बढाउने बताएको छ । पेट्रोलियम पदार्थमा अत्याधिक मुल्य बृद्धि भएका कारण थेग्न नसक्ने अवस्थामा पुगेकाले भाडा बढाउने तयारी गरिएको ट्रक व्यावसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताएका छन् ।
उनले राज्यलाई भाडादर निर्धारण गर्न माग गर्दै राज्इले नगरे व्यवसायीले आफुै भाडा बढाउने बताएका हुन । ‘यो त अति भइसक्यो। हामीले सरकारलाई कर कटौती गरेर विकल्प खोज्ने हो कि भनेका थियौँ खोजेन । मुल्य बढाइरह्यो अब हामी पनि मालबाहक साधन को भाडा बढाउँछौँ’,अध्यक्ष अध्यक्ष श्रेष्ठले भने,‘ लामो समय कोरोना कारण चपेटामा परेको यातायात व्यवसायीहरु बैंकको किस्ता बुझाउन नसकेको अवस्थामा पुगिरहेका बेला आयाल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा थप मर्कामा परेका छौ ।’ उनले यसरी पटक पट्क इन्धनको मूल्य बढदा व्यवसायीलाई मात्रै नभएर आम उपभोक्तालाई समेत प्रत्यक्ष असर परिरहेको बताए ।
यातायात व्यवस्था विभागबाट २०७८ असार २७ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। त्यो समयमा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ रहेकोमा हाल १५० रुपैयाँ पुगिसकेको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५–५ रूपैयाँका दरले बढाएको हो।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ हो। पटक पटक डिलेज र पेट्रोलमा प्रतिलिटर २५ र २५ रुपैयाँका दरले बढेको प्रति ध्यानाकर्षण भएको राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायिक समितिले जनाएको छ। बढाइएको मूल्य तत्काल फिर्ता लिनसमेत आग्रह गरेको छ। बढाइएको मूल्य नघटाउने हो भने हाल बृद्धि गरिएको मूल्यको आधारमा ढुवानी भाडा समायोजना गर्न बाध्य हुने प्रसासनिक सचिव उमेशचन्द्र मजगैयाले जानकारी दिए । यदि भाडादर समायोजन नभएको खण्डमा सम्पुर्ण मालबाहक गाडीहरु ठप्प पार्ने राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायीक समितिले बताएको छ ।