घोराहीमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीका लागि उपसमिति

दाङ, १९ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८ को तयारीस्वरुप उपसमिति विस्तार तथा छलफललाई तीव्रता दिइएको छ । प्रदर्शनीको प्रचार प्रसार तथा प्रदर्शनीस्थलमा भौतिक निर्माण कार्यसमेत तीव्ररुपमा अगाडि बढेको प्रदर्शनी मूल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिएका छन् ।

अहिले सबै उपसमितिहरुले आफ्नो कामलाई तीव्र पारेको उनले बताए । उपसमिति विस्तार अन्र्तगत प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । प्रचार प्रसार उपसमितिका संयोजक एकनारायण पौडेलको अध्यक्षतामा भएको बैठकले समिति विस्तार गरेको हो । समितिको सहसंयोजक नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के. शितल रहेका छन् ।

समितिका सदस्यहरुमा गोविन्द खड्का, छवि पुरी, लिलाधर वली, पाण्डवप्रसाद शर्मा, दीपक जीएम, आभाष बुढाथोकी, चन्द्रप्रकाश नेपाली, विमला घर्ती, नारायण नेपाल, पहलमान घर्ती, पिताम्वर रिजाल, खड्ग शर्मा, देव यादव, प्रकाश चौधरी, उदय विसी, जनक नेपाली, गिरिराज नेपाली, हेमराज नेपाली, सुशीला वली, दीपक वली, हिमाल महरा, जंग रेउले, रोम थापा, भावना सुवेदी, बर्षा मगर, देवका परियार रहेका छन् ।

यसैगरेर शोभायात्रा समिति पनि विस्तार गरिएको छ । शोभायात्रा उपसमितिका संयोजक नरेशकुमार श्रेष्ठ संयोजक रहेको समितिको सहसंयोजकमा धनपति शर्मा रहेका छन् । समितिका अन्य सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, पदमप्रसाद सुवेदी, दिपेन्द्र पुन, गोविन्द खड्का, विष्णु सुवेदी रहेका छन् भने समितिलाई पछि थप गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास : परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १४ को झिँगौरामा प्रदर्शनी हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिएका छन् ।