दाङ, १० फागुन । सुजिकी कम्पनीको ‘सुजुकी सेलेरिओ’ कारको दाङको घोराहीमा लञ्च गरिएको छ । सुजिकीको स्वर्गद्धारी अटो डिस्ट्रीब्युटर्सले एक कार्यक्रमको आयोजना गरि घोराहीमा नयाँ कारको लञ्च गरेको हो ।
गाडीको लञ्च दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले गरेका हुन । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेग मेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू रहेको स्वर्गद्धारी अटो डिस्ट्रीब्युटर्सका म्यानेजर गिरीराज पौडेलले जानकारी दिएका छन् ।
सेलेरियो गाडी नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी भएको उनको भनाइ रहेको छ । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधा जनक फिचर रहेकोले ग्राहकलाई थप आकर्षित र उत्साहित बनाउने उनको भनाइ थियो ।