शिवराज खनाल
दाङ,२ फागुन । शिक्षा आर्जन गरेर जीवनको भविष्यलाई उज्वल वनाउनका लागि मार्ग तय गर्ने वेलामा राजनीतिको बाटोलाई समातेर जीवनको आधाभन्दा धेरै अवधि खर्चिएर निजी स्वार्थ पूरा गर्नुको साटो सामाजिक समस्यालाई समाधान गर्न तर्फ अग्रसर हुने मध्येका एक पात्र हुन कृष्णकुमार पन्त (राकेश) ।
विद्यार्थी जीवनदेखि राजनीतिक यात्रा थालेका कृष्ण २०३० सालको पञ्चायती ब्यवस्थाले गरेको प्रतिबन्धित समयमा पनि राजनीतिमा सक्रिय अग्रसर रहे । मुलुकलाई राजनीतिक यात्रा वाट वदल्ने र समाजलाई विविधतासहित विकास गर्ने लक्ष्य राखेर राजनीतिमा होलटाइमर भएका कृष्ण सामाजिक कार्य एंव राजनीतिमा खप्पिस अनुभव संगालेका छन् ।
राजनीतिक यात्रामा उनले २०३६ सालको जनमत संग्रहमा बहुदल पक्षमा रहि पूर्णकालिन काँग्रेस पार्टीमा सक्रियता साथ राजनीतिक भूमिका निर्वाह गरे । कठोर र अत्यन्त निर्दयी व्यवस्था बहुदल निर्दलमा कृष्णले निकै चुनौतिपूर्ण दिन संग सामना गर्न पुगेको इतिहास सुनाउँछन् ।
२०४२ को सत्याग्रहमा तथा २०६२÷० ६३ लामो समयसम्म उनले आफ्नो राजनीतिक उतार(चढाव पनि झेल्न पुगे । राजनीति सम्वन्धित न समाजवादको ज्ञान भएका भन्दा ठेकेदारहरु पैसा तिरेर नेता वन्ने हुटहुटीले नेपाल र नेपालीको उत्थान कहिल्यै नहुने कृष्णको ठम्याइ छ ।
२०४६ सालको जनआन्दोलनमा सहभागी भएका उनी राजनीतिमा प्रखर व्यक्तित्व मानिन्छन् । सशस्त्र द्वन्द्वपछि भूमिगत माओवादी पार्टी सरकारमा आएपछि लामो समय नेपालमा रहेको राजतन्त्रलाई फाल्नका लागि गरिएको २०६२ र२०६३ तिरको १९ दिने जनआन्दोलनमा सक्रिय भूमिका निभाएपनि तर उनी कहिल्यै प्रचारवाजीमा आउन चाहेनन्।
पाँच वर्षे कार्यकालको स्थानीय तहको अवधि सकिन लाग्दा कृष्णको अवभने समाज विकासका लागि खुलेरै वाहिर आउनुको विकल्प नभएको बताउँछन् । आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक अनुभव संगालेका पाका व्यक्तिको रुपमा नाम चिनिएका उनलाई नगर हाँक्ने ईच्छा छ । तर पार्टीले ईच्छा पुरा गर्नका टिकट असल व्यक्तिलाई दिन्छ कि भन्ने आसामा रहेको उनी बताउछन । कृष्ण लमही नगरपालिका वडा(५ निवासी हुन । अब उनी लमही नगर हाक्ने मेयरको दाबी आफ्नो पनि रहेको बताउछन ।