दाङ, १ फागुन । जलवायु परिवर्तन अनुकुल कृषि प्रणाली तथा प्लाष्ट्रिक व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । समाज कल्याण केन्द्र घोराहीको आयोजना तथा घोराही उप महानगरपालिकाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
अभिमुखीकरण उद्घाट कार्यक्रम समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थाप समितीका संयोजक शक्तिराम डाँगीको प्रमुख आतिथ्यता एवम विपद् महाशाखाका प्रमुख सुनिल पौडलको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले जलवायु परिवर्तनको असर देखिन थालेको बताए । यसले धेरै समस्या बनाउने भन्दै यस तर्फ ध्यान दिन समेत आग्रह गरेका थिए । कृषि क्षेत्रमा पनि जलवायु परिवर्तनले असर पुग्ने भएकाले कृषकहरुले अनुकुलन अनुसार खेती गर्नु पर्ने उनीहरुको भनाइ रहेको थियो ।
कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्य, महिला अधिकारकर्मी तथा पत्रकार लक्ष्मी आचार्य, पूर्णवहादुर मल्ल, सहभागि ऋषिराम चौधरीलगायतले भनाई राखेका थिए । केन्द्रका सदस्य माया पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन विमला शर्माले दिएकी थिइन् ।
कार्यक्रमको सहजीकरण केन्द्रका सचिव जानका केसीले गरेकी थिइन् । अभिमुखीकरणको प्रशिक्षकहरुमा कमल गौतम र सरस्वती सुवेदी रहेका थिए । त्यस अवसरमा तरकारी खेती गर्दा आइपर्ने समस्या र रोगका र प्लाष्ट्रिक व्यवस्थापन बारेमा जानकारी दिइएको थियो । त्यस अवसरमा घोराही क्षेत्रका ४५ जना कृषकहरुको सभागिता रहेको थियो ।