चुनाव केन्द्रित भएर काम गर्नुस् : गिरी

बालाराम खड्का
तुलसीपुर, १ फागुन । नेपाली कांग्रेस क्षेत्र नं. ३ ले शनिवार चुनाव केन्द्रित वृहत अन्तत्र्रिmया कार्यक्रम तुलसीपुरमा गरेको छ ।

सरकारले चुनावको मिति घोषणा गरेसँगै स्थानीय चुनावलाई मध्यनजर गर्दै कांग्रेसका नेता, प्रतिनिधिसभा कार्यसमिति प्रदेश कार्यसमिति, पालिकाका पदाधिकारी, महाधिवेशन प्रतिनिधि प्रदेश प्रतिनिधि र अन्य कार्यकर्ताहरूबीच भएको अन्तत्र्रिmया कार्यक्रमका सहभागीहरूले वर्तमान अवस्थामा पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ, स्थानीय निवार्चनलाई मध्यनजर गर्दै के–कस्ता गतिविधिहरू सञ्चालन गर्ने र स्थानीय तहमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन कसरी सकिन्छ भन्ने विषयमा आ–आप्mना धारणा राखेको क्षेत्रीय सभापति जगतबहादुर खड्काले बताए ।

क्षेत्रीय सभापति खड्काको अध्यक्षता तथा केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गिरीले आगामी निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई विजय गराउने गरी सबै लाग्न निर्देशन दिएका थिए । गिरीले पार्टीभित्रका तीता– मीठा कुराहरूलाई थाँती राखेर अब चुनाव केन्द्रित भएर कांग्रेसलाई जिताउनतर्फ लाग्न सबैमा आग्रह गरेका थिए । ‘अब संगठित कांग्रेस र बलियो कांग्रेस आवश्यक छ, यो अबको प्रतिस्प्रर्धा अन्य पार्टीसँग हो’, उनले भने । गिरीले गाउँ–गाउँ, टोल–टोलमा पुगेर कार्यकर्ताको मन जित्नुपर्ने बताए ।

उनले कांग्रेसले गरेका कामहरूलाई जनता माझ लैजान पनि सुझाव दिए । उनले कांग्रेस एक हुने हो भने सबै क्षेत्रमा विजय हासिल गर्न सकिने भन्दै एकढिक्का भएर लाग्न आग्रह गरे । त्यस्तै प्रदेशसभा सदस्य शंकर गिरीले आगामी निर्वाचनमा विजयी हासिल गर्न सबै एक भएर लाग्नुपर्ने बताए । उनले पार्टीका कार्यक्रमहरूलाई गाउँ तह केन्द्रित गर्दै कांग्रेसले गरेका राम्रो कामहरू जनतालाई बुझाउँदै जनमत जुटाउन लाग्नुपर्ने बताए । ‘कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ, देशले विकास र निकास पाउँछ, त्यही अभियानमा सबै एक भएर लागौँ’, उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति कीर्तिबहादुर खड्काले कांग्रेसलाई बलियो बनाउा सबै कार्यकर्ताहरू एक हुनुपर्ने र आगामी निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसलाई अग्रपंक्तिमा ल्याउन आग्रह गरे । त्यस्तै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति घनश्याम रेग्मीले कांग्रेसलाई कसरी बलियो बनाउने भन्नेतिर सबै लाग्नु पर्ने बताए । उनले एक्लै हिंडेर पार्टी बलियो नहुने भन्दै सबै एक भएर रूपान्तरीत तथा संगठित कांग्रेसको अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले कांग्रेस एक भयो भने आगामी निर्वाचनमा बहुमतका साथ चुनाव जित्ने बताएका थिए । कार्यक्रममा कांग्रेस नेता केशव आचार्यले आगामी निर्वाचमा जसले टिकट पाए पनि सबै एक भएर लाग्नु पर्ने सुझाव दिए । कार्यक्रममा सहभागी महाधिवेशन प्रतिनिधि नेता कार्यकर्ताहरूले पार्टीले गरेका कामहरूलाई जनता माझ लैजान नसक्नु कांग्रेसको कमजोरी भएको भन्दै जनता माझ लैजानु पर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरूले अब कांग्रेसले गाउँ–गाउँमा पुगेर जनताको मन जित्ने र आफूहरूले गरेका राम्रो कामहरू बारे जानकारी गराउनुपर्ने सुझाव दिएका थिए । सहभागीहरूले हाम्रो नभए राम्रो र पार्टीमा लगानी गरेको तथा राम्रो व्यक्तिलाई छानेर निर्वाचनका लागि टिकट दिनुपर्ने बताएका थिए । ‘हाम्रो भन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्छ’, नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका सहसचिव राजु आचार्यले भने ।

त्यस्तै अर्का जिल्ला सहचिव सुबोध डाँगीले कांग्रेसभित्रकै लडाइँका कारण पार्टी कमजोर भएको भन्दै अब सबै एक हुनुपर्ने बताएका थिए । सहभागीले यो र त्यो भन्दा पनि कांग्रेसलाई जिताउनतर्फ सबै लाग्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव शोभाकर सापकोटाले गरेका थिए ।

सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा ६ महिनामा औसत मुद्रास्फीति ५.०३ प्रतिशत कायम रहेको उल्लेख छ । विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेर ४ खर्ब ६८ अर्ब कायम रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब पुगेको छ भने वस्तु निर्यात ९५.५ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब पुगेको छ । अर्थात् ४६.६ प्रतिशतले व्यापार घाटा बढी ८ खर्ब ८० अर्ब कायम भएको छ ।

६ महिनाको शोधानान्तर स्थिति हेर्ने हो भने २ खर्ब ४१ अर्ब घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २४ अर्ब बचतमा रहेको थियो । त्यस्तै समीक्षा अवधिमा चालू खाता ३ खर्ब ५४ अर्ब रूपैयाँ घाटामा रहेको छ, जुन अघिल्लो वर्ष ५१ अर्ब थियो । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेको विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले घटी ११ खर्ब ६५ अर्ब पुगेको छ, जसले ६.६ महिनाको वस्तु तथा सेवा धान्ने सरकारले जनाएको छ ।

आयात बढ्दा त्यसले विदेशी मुद्रा सञ्चितिमा परेको असरलाई मध्यनजर गर्दै सरकारले आयातमा कडाइ गरेको छ । आयात कडाइ गर्दा त्यसले राजस्वमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले त्यति ठूलो असर नपर्ने बताए । ‘आयात रोकिएको होइन, निरुत्साहन गरिएको हो’, उनले भने, ‘त्यसमा पनि कच्चा पदार्थ आयातमा कडाइ गरिएको छैन । राजस्वमा केही असर गर्ला तर केलाई प्राथमिकता दिने भन्ने कुरा हो ।’

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले चुनाव, स्थानीय तहमा वित्त हस्तान्तरण तथा बेमौसमी विपत्तिले चालू खर्चको माग बढेको बताए । ‘स्थानीय तहको चुनाव आउँदैछ, त्यसका लागि रकम माग भएको छ । स्थानीय तहमा चालू खर्च मार्फत नै वित्त हस्तान्तरण हुन्छ । मल खरिदका लागि पैसा नपुगेर थप गरिएको छ भने अन्य विभिन्न कारणले चालू खर्चको माग बढेको छ’, उनले भने ।