विचारबिनाको राजनीति र स्वतन्त्रता

विनोद पोख्रेल
२०७७ माघ १९ गते
संयोग नै भनौँ हिजो माओवादी नेतृत्वको एकजनासँग भिडियो च्याटमा कुरा भयो । त्यसो त ऊ मेरो व्यक्तिगत सम्पर्कको र नाता पर्ने (भाइ) हो तर यसरी धेरैपछि कुराकानी भयो । मैले यो विषय उठाउनुको कारण छ । मेरो मूल्यांकनमा राजनीति विचारविहीन र सिद्धान्तविहीन भयो भने यो समस्या हुन्छ । यसैलाई भड्काववादी परिवेश पनि भनिन्छ ।

यस्तो राजनीतिको लक्ष्य समेत पुष्ट हुँदैन । बरु मुख्य लक्ष्य भनेको व्यक्तिको सम्मानको संरक्षण हुनजान्छ । अहिले साच्चै नेपालको राजनीतिको मूल्यांकन गर्ने हो भेन गर्नका आठ या दशजनाको प्रतिष्ठाको संरक्षणमा केन्द्रित छ । यही संरक्षणको लागि उनीहरुले गरेको एउटा उपाय भागबण्डा हो । यहाँ योग्यता, क्षमता, आवश्यकताको कतै मतलव छैन । भागबण्डाको भरमा पद समेत बाँडिएको कुरा हाम्रो आफ्नै भोगाइ हो । फेरि भागबण्डाबाट प्रशासन नयायालय, राजदूत, आयोगका अध्यक्षहरु, शिक्षण संस्था कतै अछूतो छैन । मेरै सोचको कुरा गर्ने हो भने त त्यहाँ यसरी नियुक्त हुनेहरुलाई पनि लाज लाग्नुपर्ने हो । तर त्यस्तो छैन ।

त्यसैले मेले केही नबुझेको, केही नजानेको समय र परिस्थितिलाई चिन्न नसकेको जस्तो लाग्छ । यहाँ लक्ष्य भनेको व्यक्तिगत फाइदा उठाउने मात्रै हुनुपर्ने र जो यसमा बढी सफल हुन्छ त्यही बढी बुझ्ने व्यक्ति भनेर मानिने रहेछ । त्यसमा पनि समानुपातिक र समावेशी भन्ने शब्दहरु जहाँ–जहाँ भए त्यहाँ–त्यहाँ त संसदमा श्रीमान–श्रीमती दुवै (सक्नेका) अन्य क्षेत्रमा पनि यही नीतिलाई आधार बनाएर आफ्नालाई भर्ती गर्ने अभ्यास सफलताको कसी बनेको छ । यसको लागि गुट मात्र होयन पार्टी नै टुक्रिने स्थितिसम्म आए पनि कोही एक इन्च पछि हट्नेवाला छैन ।

यस्तोमा मजस्ता कतै कुनामा फालिनु र मजस्ताले कलम पकड्नुलाई विषय समेत नपाउनु स्वभाविक हुन्छ । गाली गर्न पनि सक्नुपर्छ । मैले त्यो पनि सक्देन । हिजोको भिडियो कलको कुरा गरौा । भाइले पनि पहिले नै विचारबिनाको राजनीतिमा अनफू अटाउन नसकेको कुरा ग¥यो । शब्द समेत ‘विचारबिनाको राजनीति’ मिलेकोले मैले यसलााई विशेष संयोग माने र हिजोको कुराकानीलाई महत्व दिएँ । उसका असन्तुष्टि उसँगै छन् र उसले आफ्नै तरिकाले बुझेको छ ।

त्यसको सामना गरिरहेको पनि छ । मेरो त्यही पक्ष मसँग छ । लक्ष्यमा त त्यति फरक पनि पर्नसक्छ तर पनि पीडा एउटै हो भन्ने प्रमाण हो यो । धेरै कुरा मैले जे बुझेको छु र जसरी बुझेको छु उसले पनि त्यसैगरी सुनायो । उसको आफूलाई लेखन कलामा सक्रिय रहेको भनेर चित्त बुझाउने प्रयासमा रहेको पनि भन्यो । मेरो शुभकामनाहरु छन् ऊ लेखन कार्यमा लागिरहोस् र धेरै वा थोरै सन्तुष्टि पाइरहोस् तर लेखन कार्य आफैमा मौलिक अभिव्यक्ति हुनसकेन भने हामी अरुका प्रचारक मात्रै हुन्छौँ ।

त्यसबाट हामी अलग हुन सक्नुपर्छ । अन्यथा त्यहाँ पनि हामी कसैका मान्छे मात्र हुन्छौँ र कसैको लागि बार्गेनिङ गर्ने वस्तु बन्छौँ ।

२०७७ माघ २० गते

आज दुईवटा विषयमा दिइने तर्कहरु मनमा छन् । एउटा हिजो मात्रै राष्ट्रपतिकी छोरीले राजकुमारी झाँक्रीलाई इंगित गरेर फेसबुकमा गरेको पोष्ट हो । जसमा उनले आफ्नो र आफ्नी आमाको पीडालाई बेवास्ता गरेर आजभोलि राष्ट्रपतिलाई आक्षेप लाग्ने गरी लगाइने नाराहरुको कुरा उठाएकी छन् । हुन त नाराहरु रामकुमारीले मात्र लगाएकी छैनन् । मैले पहिले नै भने सडकमा नै सार्वजनिक रुपमै लागिरहेका छन् ।

राष्ट्रपतिको छोरी (उषाकिरण)ले पोष्ट गर्दा त्यहाँ केही वस्तुगत यथार्थ केही भावनात्मक यथार्थ तथा केही सहानुभूति पाउने प्रयास समेतको मिश्रण हुनु स्वाभाविक हो । यी सबैको लागि भाषा र तर्क दुवैप्रति मेरो केही भन्नु छैन । एउटा कुरा मात्रैमा उनीप्रति सहानुभति भन्न म लागेको छ । उनको लेखाइले आफ्नी आमाको सिन्दुर, पोते फिर्ता गर र त्यसको बदलामा उनीसँग जेजति छ सबै लैजाउ भन्ने आशय पनि व्यक्त गरेको जस्तो लाग्छ ।

तुलनात्मक रुपमा वर्तमान हैसियत महत्वपूर्ण हुन्छ कि सिन्दुर–पोते ? यसबारे मैले केही जान्दैन । मैले केही भन्दैन तर छोरी आफैले त्यो पीडासँग यो परिवेश जोड्नुलाई कसरी बुझ्नु भन्ने र म अलमलमा परेको पक्कै हो । यस्ता परिवेशहरु मेरो बुझाइमा व्यापार वा पुरस्कारको रुपमा बुझिन थाल्यो भने मानवीय भावना वा मानवता भन्ने वस्तु पनि रहँदैन । त्यस्तोमा सामाजिक जीवनको बारेमा सोच्न पनि सकिँदैन ।

मेरो सोच भनेको राष्ट्रिय स्तरको त्यो पनि सबैभन्दा माथिको पदको गरिमा जोगाउने प्रमुख जिम्मेवारी त्यस पदमा आसिन व्यक्तिको हो । त्यसपछि स्तर अनुसार सत्ता राजनीतिक दलहरु र आम नागरिकको समेत हो । यदि त्यो जिम्मेवारी पूरा गर्न सकिएन भने आफ्नो लगौँटी आफै फुकालेको नै हो । यस प्रकारका विषयमा बाझाबाझ हुनु, तर्क वितर्क हुनु भनेको भएको गोप्यता समेत बचाएर राख्न नसक्नु मात्रै हो । कमजोरी कहाँबाट भयो वा गल्ती कसले ग¥यो त्यो खोज्नुभन्दा गरिमाको संरक्षण के गरेर गर्न सकिन्छ त्यो महत्वपूर्ण कुरा हो ।

अर्को विषय मेरो मनमा भएको भनेको मानिसको तर्क गर्ने क्षमता हो । त्यही मानिसको केही दिन वा केही महिना पहिलेको तर्क आजको तर्क सुन्दा पूरै टर्न लिएको जसतो लाग्छ । त्यही व्यक्ति वा विषय कतिबेला अति राम्रो र त्यही कति राम्रो भनेर प्रभाव पार्न गरिने प्रयासलाई या त अवसरवाद भन्नुपर्छ या त वर्तमानमा विद्वान मानिनेहरुको कला मानिनुपर्छ । यो वास्तविकता पनि होइन । विद्वत्ता पनि होइन । यस्तो कलाबाट म आफू कहिल्यै आकर्षित पनि भएन ।

तर एउटा सत्य कुरा स्वीकार गर्नुपर्छ । मेले अरुलाई आफ्नो सोच्ने धार अनुसार सोच्न प्रेरित गर्न पनि चाहेन वा सकेन । कुरा फेर्नेहरुलाई कसरी सम्मान गर्ने र फेर्न लगाउनेहरुलाई कसरी मूल्यांकन गर्ने यो मैले कहिल्यै बुझ्न नसक्ने विषयकै रुपा रह्यो । यो प्रक्रियाले स्वतन्त्र नागरिक भएर बाँच्न कसैलाई नदिएको स्थिति बारे म सधैँ चिन्तित रहेँ ।