जन्मदिनमा रक्तदान

शिवराज खनाल
दाङ, २२ माघ । जन्मदिनको उपलक्ष्यमा नेपाल विद्यार्थी संघका लमही नगर सभापति कौसल अधिकारीले रक्तदान गरेका छन । आफ्नो ३३ औ जन्मदिनको उपलक्ष्यमा लमही स्थित रक्तसञ्चार केन्द्र दाङद्वारा संचालित लमही रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गरेका हुन ।

रगतको अभावले कसैको ज्यान नजावस भन्दै मानव जीवन रक्षाका लागि आफ्नो जन्मदिनमा रक्तदान गरेको अधिकारीले बताए । रगतको अभावमा छ्पटाई रहेका विरामीलाई करौडो रुपैयाँले गर्ने काम एक थोपा रगतले गर्ने वताउँदै त्यसका लागि रक्तदान गरेको अधिकारीको भनाइ छ ।

अधिकारीको जन्मदिनमा सहभागी हुदै लमहीका युबा रबिन जिसिले रगत अभाव हुन नदिन कौसल अधिकारि जस्तै अन्य ब्यक्तिपनि रक्तदान गर्न अनुरोध गरे । लमही रक्त संचार केन्द्रका प्रमुख मनिसा चन्द ठकुरीले रगतको अभाव हुन नदिन रक्तदान गर्न सवैलाई आग्रह गरिन ।