आँखा अस्पतालको सराहनीय सफलता

राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ । यस अघि यो सेवाका लागि भैरहवा र काठमाडौं तथा अन्य विदेशका अस्पताल धाउनुपर्ने बाध्यता थियो । आँखा उपचार सेवा तथा आँखा स्वास्थ्य कार्यक्रमलाई आधुनिक प्रविधिमैत्री तथा सहज पहुँच स्थापित गर्न राप्ती आँखा अस्पतालले खेलेको भूमिकालाई आम नागरिकले पनि हृदयदेखि नै सराहना गर्दै आएका छन् ।

आँखामा इन्फेक्सनदेखि मोतियाविन्दुको शल्यक्रिया सेवालाई आधुनिकीकरण गर्दै आएको राप्ती आँखा अस्पतालले पछिल्लो पटक आँखाको नानी प्रत्यारोपण सेवा सुरु गर्नु आफैमा पनि आशावादी एवं सुधारात्मक सेवा हो । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत् सञ्चालित आँखा अस्पतालमा पहिलो पटक आँखाको नानी प्रत्यारोपण सेवा सुरू हुनु अस्पताल स्वयम्कै लागि पनि गौरवको कुरा हो ।

नेपाल आँखा बैंकले आँखाको नानी उपलब्ध गराउन सहजीकरण गरेपछि अस्पताल व्यवस्थापनले यो सेवा सम्भव बनाएको हो । जुन सेवा राप्तीमा पहिलो पटक भएको र सफल पनि भएको छ । यो सँगै हाल अस्पतालमा आँखाको नानीमा (पूmलो पर्ने)को औषधी तथा दृष्टि बढाउनको लागि गरिने नानीको प्रत्यारोपण नानीको ठिक नभएको घाउ÷पूmलो हटाउने शल्यक्रिया, आँखाको नानीको आकार र बनावट जोगाउनको लागि गरिने शल्यक्रिया, आँखाको नानीको सेतो दाङ हटाउने र आँखाको नानीमा फरक आकारका चोट, घाउ या ट्युमर हटाउने शल्यक्रिया राप्ती आँखा अस्पतालमा नियमित रुपमा सञ्चालन भइरहेका छन् ।

विशेषज्ञताभित्रको अर्को विशेषज्ञताले राप्ती आँखा अस्पतालको चिनारीलाई पनि उचो बनाएको छ, यो सेवाले । त्यस्तै अस्पतालमा (अकुलोप्लाष्टिक) तथा (आँखाको क्यान्सर)सम्बन्धी सेवाहरु आँसु नली सम्बन्धित समस्याहरुको उपचार तथा शल्यक्रिया, काटिएको आँसु नलीको शल्यक्रिया, आँसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया बन्द आँसु नलीको प्याल खुला गन, आँखाको ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रियाहरु, आँखाको सौन्दर्यताको लागि गरिने उपचार तथा शल्यक्रियालगायतका सेवाले पनि सेवाग्राहीलाई तान्न सफल भएको छ ।

अन्धोपन निवारणसँगै पुनःस्थापनको समेत काममा जुटेको अस्पतालले पछिल्लो समयमा सेवा पनि क्रमशः विस्तार गर्दै लुम्बिनी प्रदेश मात्र नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म पनि पु¥याउनु आफैमा सार्थक प्रयास हो । स्थानीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि पनि निःशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया सहज बनाउँदै आएको सो अस्पतालको विशेषज्ञ सेवामा अब तीनै तहका सरकारहरुले थप सहयोग पनि गर्न आवश्यक छ ।

किनकि सरकारी तवरबाट आँखा अस्पताल अत्यन्तै न्यून मात्रै सञ्चालनमा रहेको अवस्थामा राप्ती आँखा अस्पतालको स्तर वृद्धि अपरिहार्य छ । यसमा आम राजनीतिक दल, नागरिक समाज तथा अन्य संघसंस्थाहरुको पनि हातेमालो र सहकार्य आवश्यक छ । अस्पतालको सेवालाई थप विशिष्टिकृत गर्दै अघि बढौँ ।