लुम्विनी प्रदेशमा ढुवानी गर्न ट्रकहरुलाई ढुवानी कार्ड

शिवराज खनाल
बुटवल,७ माघ । लुम्बिनी प्रदेशभित्रका ट्रक यातायात व्यवसायीहरुले दुर्घटना न्यूनीकरण, कोभिडको माहामारीवाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि पार्किङ स्थलमा गाडी राख्ने भएका छन् । व्यवसायीले प्रदेशमा जोर विजोर प्रणालीमा ढुवानी कार्डमार्फत लोडिङगर्ने निणर्य गरेका छन ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको विहिवार र शुक्रवार रुपन्देहीमा भएको भेलाले प्रदेशका सवै यातायात व्यवसायी संघ संस्थाले आ–आफनो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानवाट गाडी संचालन गर्ने निर्णय महासंघले गरेको हो ।

महासंघले गरेको निणर्यलाई वेवास्था गरे सवारी धनीलाई संस्थावाट उपलब्ध गराउने दुर्घटना सुविधावाट बन्चित गर्ने भेलाले निणर्य गरेको लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

त्यस्तै भेलाले ईन्धनमा भएको मुल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा तत्काल अनुरोध गर्ने र सबै व्यवसायीहरुले नयाँ भाडादरमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडको प्रकोपवाट सुरक्षित हुन जोर विजोर प्रणालीमा ढुवानी गर्ने निणर्य गरिएको छ ।

माघ १५ गतेसम्म प्रचार–प्रसार गरी सवै गाडी धनी र चालकहरुलाई जानकारी गराउने र माघ २१ गतेदेखि पार्किङ स्थलवाट ढुवानी कार्डमार्फत लोर्डिङ गर्ने व्यवस्था मिलाउने निणर्य लुम्बिनी प्रदेशले गरेकोलाई अन्य प्रदेशमा रहेका यातायात व्यवसायीहरुलाई पनि लागु गराउन महासंघले पहल गर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आह्वानमा भएको भेलामा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, पश्चिमाञ्च यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, वाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति र भेरी यातायात व्यववसायी समितिका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्धय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, बसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनित गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । भेलाले गरेका निणर्यहरुलाई कार्यान्वय गरे नगरेको वारे अनुगमन गर्न प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेको संयोजकत्व र वाणगंगा समितिका महासचिव लक्ष्मण भुसालको सहसंयोजकमा प्रदेशका सवै यातायात व्यवसायी संस्थाको प्रतिनिधीत्व हुने गरी १३ सदस्यीय अनुगमन समिति गठन गरेको छ । अनुगमन समितीले प्रभावकारी रुपमा निणर्य कार्यान्वय गराउने सवालमा प्रभावकारी रुपमा काम गर्नुपर्ने छ ।