जनतालाई स्वास्थ्य सेवा पु¥याउन निजी क्षेत्रसँग सहकार्य : मन्त्री चौधरी

 शिव राज खनाल
देउखुरी,६ माघ । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले सरकारी क्षेत्रबाट मात्रै जनताको सेवा प्रयाप्त नहुने भन्दै निजी क्षेत्रका अस्पतालसँग सहकार्य गर्ने बताएका छन् । देउखुरीको लमहीमा फ्लोरेन्स अस्पतालको उदघाटन समारोहमा बोल्दै मन्त्री चौधरीले उक्त कुरो बताएका हुन ।

निजी अस्पतालबाट प्रदान गरिने उपचार नाफा मुलुक नभइ सेवा मुलक बनाउन पर्नेमा मन्त्री चौधरीको जोड थियो । फ्लोरेन्स अस्पताल बिगत ५ बर्षदेखि निरन्तर चल्दै आएको छ । अस्ताललाई २५ सैयाको अस्पतालको रुपमा बिकास गरिएको डा पुष्प भुसालले बताए ।

लुम्बिनी प्रदेशका संसद रेवतीरमण शर्माले देउखुरीमा स्थापित अस्पताल नयाँ संररचनाका साथ संचालन भएकोमा सुभकामना व्यक्त गर्दै० यसले देउखुरीक्षेत्रका जनताको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले हाल देउखुरीमा सुबिधा सम्पन्न अस्पताल नभएको अवस्थामाले यसले ठुलो राहत पु¥याउने बताएका थिए । यो अस्पतालले ट्रमा केयर सेन्टर संचालनमा आएको भन्दै स्थानीयमा खुसी छाएको छ ।