पुस २४, दाङ ।नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (ख) ले माघी मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । आज शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेस दाङबाट केन्द्रीय तथा लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने तेतागणलाई सम्मान गर्ने निर्णय भएको प्रदेश सभापति अभियान बस्नेतले जानकारी दिए ।
बैठकले २ (ख) को कोषाध्यक्षमा निर्वाचित सदस्य आशाराम नेपाली (शंकर)लाई मनोनित गरेको छ । साथै बैठकले २ (ख) को कार्यालयलाई व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । कांग्रेस वडा नं. १० को कार्यालयलाई व्यवस्थापन गरी प्रदेश कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।
प्रदेश सभापति अभियान बस्नेतको अध्यक्षता तथा कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि काङ्ग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, कांग्रेस घोराही उपमहानगरपालिकाका नगर सभापति तिलक रावत, तुलसीपुर नगर सभापति सुरेश हमाल लगायतले मन्तव्य राखेका थिए ।