सुदन सुनार
कक्षा दश पढदै गर्दा मैले हिमाल पारिएको जिल्ला भनेर मुस्ताङ र मनाङको बारेमा सुनेको थिए । सरले पढाउदै गर्दा मुस्ताङ जिल्लामा हिन्द् धर्मको पवित्र मन्दिर मुक्तिनाथसँगै त्यहाँबाट देखिने मनोरम हिमाली क्षेत्रहरुको बारेमा सुनाउदा मन लोभिने गरेको थियो । तर सर पनि नगएको हुँदा कितावमा लेखेको र सुनेको आधारमा भन्ने बाहेक केही दिएनन् ।
साहेद अहिले जस्तो प्रविधिको समयम भएको भए अहिले सरलाई पनि पढाउन सहज हुन्थ्यो होला । तर त्यो बेला थिएन । त्यसमा पनि रोल्पामा झन हुने कुनै भएनन् । तर सरले मुस्ताङ,मुक्तिनाथ र हिमालको बारेमा भनेको सुन्दा पनि मन आनन्द आउँथ्यो । कहिले जाउला त्यो ठाउँ भन्ने लाग्दथ्यो । हिन्दु धर्मका पवित्रस्थल मन्दिर मुक्तिनाथ, हिमाल पारिको जिल्लाको दृष्य हेर्ने मनका चाहना बढ्दै गएको थियो । तर टाढा भएकाले एक्लै जान सक्ने अवस्था थिएन ।
तर मनमा त्यहाँ पुग्ने चाहना भने अझ तिव्र बन्दै गयो । जसले गर्दा लामो समयपछि यसबर्ष मुक्तिनाथ पुग्ने सौभाग्य मिल्यो । म अध्ययन गर्ने घोराहीमा रहेको सरस्वती माध्यामिक विद्यालयको बार्षिक कार्यक्रम अन्तर्गत सूचना प्रविधिमा अध्ययनरत विद्यार्थी शैक्षिक भ्रमणमा जाने तयारी भयो । तर कहाँ जाने भन्ने छलफलमै थियो । भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनीदेखि इलाम,दार्जिङ हुँदै सिक्किम, काठमाडौ, पोखरा र दार्जिङ नगएर लुम्विनी, पोखरादेखि मुस्ताङसम्म जाने बारेमा शिक्षक,विद्यार्थीहरुका विचमा छलफल भयो ।
विद्यार्थीहरु लुम्विनी, पोखरादेखि मुस्ताङसम्म जाने निधोमा पुगे त्यसपछि मेरो मनका इक्षा समेत पुरा हुने देखे । तर घरपरिवार, साथीहरु हिक्कत र प्र्रविनलाई जादिन भनेका थिए । जव शैक्षिक भ्रमणको बस मंसिर २४ गते विद्यालयको गेटमा देखियो । मेरो मन यति प्रशंन्न भयो कि हिक्मतसँग जादिन भनेको मान्छेको मन नै चेन्ज भयो । अनन्त शैक्षिक भ्रमणकालागि नपुग रकम हिक्मतसँगै सापटी लिएर म भ्रमणका हिडे । त्यो क्षणलाई मैले हाम्रो पवित्र धार्मिकस्थल मुक्तिनाथसम्म सम्झे र हिक्मतको अमेरिका यात्रा सफल होस भनेर कामना गरे ।
मनको मुक्तिनाथ पुग्ने चाहना, मनिष साथी, एलिसा बहिनी,नविननाथ, पूर्ण खत्रीलगायत साथी र सरहरुसँगको यात्रा अघि बढिर्योे । हाम्रो पहिलो गन्तव्य थियोे पोखराको फेवा ताल, तालबाराही मन्दिर, महेन्द्र गुफा घुम्ने थियोे । पोखरा नेपालको प्रमुख पर्यटकिय केन्द्र हो त्यही सुन्दर, रमणीय र पर्यटकिय ठाउँको फेवा तालमा डुंगामा पहिलो पटक सयर गर्दा एउटा आनन्द प्राप्त भयो । पोखराको कार्यक्रम सकेर एक रात बसेपछि २७ गते विहान हाम्रो यात्रा मुक्तिनाथको लागि अघि बढ्यो । चिसो समयमा लामो र जोखिमपूर्ण यात्रा भएपनि साथीभाईहरुसँगको हाम्रोे यात्रा गाडीमा रमाइलो गर्दै अघि बढिरहेको थियो । बाटोमा देखिने सुन्दर झरणा, अग्लाअग्ला पहाड, जलविद्युत आयोजना, चिसोमा कस्टकर जीवन विताईरहेका स्थानीयको जीवनकथालाई नियाल्दै यात्रा अघि बढ्यो ।
करिव करिव ११÷१२ घण्टाको बसको यात्रापछि हामी मुस्ताङ पुगिम । त्यहाँ निकै चिसो थियोे । तर रातीको समय भएकाले बातावरण देखिएको थिएन,तर पहिलो पटक मुस्ताङ पुगेकाले मन भने धेरै खुशी थियो । साँझ खाना खाएर विहान घुम्ने गरि हामी सुतिम । तर मनमा भने विहान कति बेला होला भन्ने मात्र थियो । सोेच्दासोच्दै कति बेला निदाएछु पत्तै भएन ।
अर्काे दिन बिहान उठ्दा उज्यालोे भैसकको थियो । झ्यालबाट पर्दा उघारेर के हेरेको थिए । विहानको समयमा हल्का घाम लाग्ने वेला ति टल्कक् टल्किने हिमाल देखियो । मन मेरो यति प्रसंग भयोकी म त्यो चिसोको ठाउँमा ज्याकेट नलगाएर बाहिर निष्किए । मैले त्यो बाहिरको दृश्य हेरेर रमाउन लागे । चारैतर्फबाट हिमालले घेरेको त्यो दूष्य देख्न पाउँदा मलाई त्यो समय स्वर्ग भन्दा कम लागेको थिएन । मैले केही नसोचीकन मेरा मोवाईल निकालेर त्यहाको दूष्यलाई मैले मेरो मोवाइलको क्यामेरामा कैद गर्न थाले । मोवाइलको क्यामरा रामो्र नभएर मलाई त्यो समय धरै नै पछुतो लाग्यो ।
मनमनै सोचेको थिएकी अर्को पटक आउने वेला तँ म डिएसएलआर क्यामेरा लिएर आउँछृुु । केही समयको अन्तरालमा हामी बसेको होटेलबाट मुक्तिनाथ मन्दिरको तिर लागिम । सबै साथीहरुले पुजाको सामान किन्न थाल्यौँ । र केही छिनको अन्तराल्मा हामी मुत्तिनाथको दर्शन गर्न पुग्यौ । करिब ६÷७ मिनेटको यात्रापछि हामी मुत्तिनाथको सिडी चडन् लाग्यौँ । सिडी धेरै नै लामो थियो ।
बल्लतल्ल गरेर हामी त्यस सिडी पार गर्यौँ र मुक्तिनाथको मुख्य मन्दिरतर्फ लाग्यौँ । मुक्तिनाथको यो १०८ ओटा धारा पनि हामीले देख्न पायौँ । धेरै नै रमाईलो लागेको थियो । त्यहाको वातावरन धेरै नै चिसो थियो । सायद त्यहा मेरो लागी अमूल्य चिज भनेको नै तातो पानी हुदो हो । धेरै साथीभाईहरु त्यो चिसो पानीलाई चिसो नभनी आफुले गरेको पाप कटाउन त्यो चिसो पानीमा नुहाईरहेका थिए । म भने धर्ममा भन्दा कर्ममा विश्वास गर्ने भएकाले सोचको मान्छे परेर होला मैले चाही नुहाईन । म चाही आफ्नै तरिकाले मन्दिरहरुको तस्विर खिच्ने र दृष्य अवलोकनमा लागे ।
हल्का घामको रोसनी भुल्केपछि हामी हिउँ खेल्नतर्फ लाग्यौँ । कुरामा सुनेका, सपनामा देखेको, कितावमा पढेको ति हिमाल । आफ्नो आँखाले नजिकैवाट देख्न पाउँदा , हात्ले छुन पाउँदा मनलाई धेरै नै आन्नद आएको थियो । साथीहरु हिउ खेल्न भनि आईरहेका थिए । हामा्रे गुप्र भने हल्का अगाडि थियौँ । साथीहरु त्यँहा गएर फोटो खिच्नमा व्यस्त थिए भने म चाहि जति सक्यो हिमालको नजिकतर्फ अघि बढ्नलागे ।

हिमाल चड्ने क्रम्मा काडमाण्डाँैवाट घुम्न आएका दुई दाजुहरुसंग मेरो भेट भयो । र हामीसंगै हिमाल चड्न तर्फ लाग्यौँ । साचीनै त्यो यात्रा धेरै नै रमाईलो थियो । त्यहावाट केही समयपछि हामी झ्रयौँ । र माथि हीउको विचैमा एक मन्दिर रैछ हामीले त्यसलाई टाडावाट देख्यौँ । र हामी त्यहा जाने निधो गर्गौँ । र आफ्ना पहिलाहरु .अघि बडाँयौँ । र त्यहा जानै क्रम्मा हामीले एक पहेलो कपडा लगाएको , उमेर करिव ५६÷५७ वर्षको दारी लामो भएको एक वावालाई भेट्यौँ ।
उनी मन्दिरको पुजारी रहेछन । उनीसँग त्यस ठाउँको बारेमा बुझदै अघि बढ्यौ । त्यहासंग हामी कुरा गर्दै अगाडीका मन्दिरमा गयौँ । मन्दिरको पुजारीसँग मैले धेरै कुराहरु बुझने अवसर पाए । उहाँले बाबाले मलाई धेरुै नै अमुल्य कुरा सीकाउदै हामी आफनो गन्तव्य तर्फ लाग्यौँ । केही बेर पछि हामी मन्दिरमा पुग्यौँ । र त्यहा भएको एक पुजारीसँग भेट्यौँ । र उनको आर्शीवाद लियौँ । मैले मेरा कलेजको साथीभाईररुलाई पनि माथि हीउमा खेल्न लाएको देखे ।
म धेरै नै खुसी भए । पहिला एक्लै भएर हल्का डरको महसुस भएको थियो । उनीहरुलाई देखेपछि त शान्त भए । साथीहरु आफ्नै तलमा थिए । त्यहाँ भेटिने मानिसहरुसँग त्यहाँको बारेमा जानकारी लिने गर्दथे । मन्दिरका पुजारीले चडीबुटीवाट बनाको तातो चिया मलाई पनि दिनुभयो र आफुले पनि लिनुभयो । त्यही चियाको चुस्कीसँगै हामीले मुस्ताङ,मुक्तिनाथलगायतका बारेमा धेरै जानकारी लिए । सरको केही समयपछि फोन गरेर बोलाउनुभयो । अनि म पुजारीसँग त्यही भेटलाई अन्त्य गरेर स्कुलका साथीहरु भएको ठाउँतिर लो ।
जीवनमा एक पटक पुग्ने सोचेको ठाउँमा पुग्दाको आनन्दलाई भरपुर रुपमा लिन चाहान्थे त्यही अनुसार थिए । तर मुक्तिनाथमा त्यो यात्राको समय कम भए झै ल ाग्यो । मन्दिर, त्यहाँको मनोरम दृष्य र मानिसको आतिथ्यतालाई मनभरी राख्दै हाम्रो पुन मुक्तिनाथ आउने बाचा गरेर म साथीसँगै फर्किए ।