कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित गिरीलाई दाङमा भव्य स्वागत

तुलसीपुर, १३ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहन्द्र गिरीले जिल्लामा अव एकतावद्ध र बलियो काँग्रेस गराउनतर्फ सवै लाग्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएपछि गृह जिल्ला आएका गिरीले तुलसीपुरको वीपी चोकमा रहेको वीपीको शालिकमा माल्यापर्ण पछि बोल्दै अव काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।

उनले विगतका तिता मिठाकुराहरुलाई आत्म साथ गदै सवै एक हुने बेला आएको बताए । उनले हिजोको तिक्ततालाई मेटायर अब सवै एक ठाउँमा आउनुपर्ने बताए । ‘हिजो पार्टीको निर्वाचनको बेला केहि मिठा नमिठा काम र कुराहरु भएहोलान अव सवैले त्यसलाई सच्याउदै एक हुने समय आएको छ’–गिरीले भने । उनले नजिकै आएरहेको निर्वाचनलाई मध्यनजर गदै अव पार्टीलाई एकतावद्ध बनायर काँग्रेसलाई पहिलो पार्टी बनाउतर्फ लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘अव हामी एकआपसमा लडेर पार्टी बलियो हुदैन, पार्टीको आन्तरीक चुनावमा लडेहौला अव बिपक्षसंग लडर्ने समय आएको छ, सवै एक हुनुपर्छ उनले भने । ’ उनले अव आगामी निर्वाचनमा दाङमा सवै क्षेत्र जित्ने गरि लाग्नुपर्ने बताए । ‘हिजो खुमबहादुर खड्का हुने बेला कस्तो थियो काँग्रेस अव त्यस्तै गराउनुपर्छ उनले भने ।’ गिरीले आफुहरुको लडाई अव बामपन्थीसंग भएको समेत बताए ।

‘अवको चुनावी लडाई अन्यदलहरु संग हो त्यसैले सवै अव तयारी हुनुपर्छ हाम्रो नजिक चुनाव आइ सकेको छ उनले भने ।’ त्यस्तै उनले अव वडा, नगर, जिल्लामा पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बताए । गिरीले मतदाता नावली संकलन भई रहेको भन्दै सवैले त्यस तर्फ ध्यान दिन पनि आग्रह गरे । ‘मत दाता नामवली दर्ता भई रहेका छन् त्यसमा सवै नागरिकलाई सहभागी गराउन नेता कार्यकर्ताहरु लाग्नुहोस उनले भने ।

गिरीले आफुलाई निर्वाचनमा जिताउन भुमिका खेल्ने सवै नेता कार्यकर्ता सुवेच्छुकलाई धन्यवाद समेत दिएका थिए । ‘यो जित मेरोमात्र होइन सवै दङ्गालीको हो, अव काँग्रेस कता जाने भन्ने बेला मेरा जित भएको छ उनले भने ।’ उनले आफु निर्वाचन लडदै गर्दा धेरैले निर्वाचन जितोस भनेर विभिन्न भाकल गरेको भन्दै आफुले मतदाता र आम कार्यकताको भावनालाई बझेर अगाडी बढने बताए । ‘कतिले ममलाई चुनाव जितोस भनेर भाकल गर्नुभएको छ कतिले सहयोग सवैलाई म धन्यवाद दिन चाहान्छु गिरीले भने ।

ठुलो संख्यामा युवाहरुको मोटरसाइकल ¥याली सहित तुलसीपुर आएका गिरीलाई वीपी चोकमा नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । सो अवसरमा सहिद पुत्र तरुण दलका जिल्ला सदस्य नविन योगीले केन्द्रिय सदस्य गिरीलाई ११ किलोको माला लगायर स्वागत गरेका थिए । उनले ११ बर्ष पछि फेरी गेहेन्द्र गिरी केन्द्रिमा पुगेको र महाधिवसेनबाट निर्वाचित भएको भन्दै ११ किलोको मालाले स्वागत गरेको बताए । त्यस्तै केन्द्रिय सदस्य गिरीलाई नेपाली काँग्रेस तुलसीपुर ५ ले पनि बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा विभिन्न नेताहरुले गिरीलाई बधाई ज्ञापन गरेका थिए ।