नीता चौधरी
तुलसीपुर, ११ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को पर्सेनी कुमाल गाउँमा सुरु भएको एकमहिने (सेफामिक ग्ल्याजिङ ट्रेनिङ) सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघको आयोजना तथा वल्र्ड क्राफ्ट काउन्सिल र तुलसीपुर उपमहानगरपलिका वडा नं. ७ को आर्थिक सहयोगमा तालिम दिइएको थियो ।
दाङ हस्तकला संघका संस्थापक अध्यक्ष अशोक थारूको अध्यक्षता तथा वडाध्यक्ष टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरूले सिकेको सीपलाई व्यवहारमा लागू गर्नेुपर्ने बताएका थिए ।
त्यस्तै परम्परागत माटोको भाँडाहरू बनाउने सीपलाई आधुनिकीकरण गर्न तालिमको आयोजना गरिएको भन्दै यस्ता तालिमले सीप र कलामा निखारता ल्याउने बताएका थिए । यस्तै सहभागीहरूले आफूहरूले उत्पादन गरेका सामग्रीहरूले उचित बजार नपाउने र माटोको समस्या भएको गुनासो गरेका थिए । कुमाल जातिको परम्परागत पेशालाई संरक्षणका लागि सबै लाग्नुपर्ने सहभागीको भनाइ थियो ।
यस्तै वडाध्यक्ष टोपबहादुर केसीले यहाँ निर्माण भएका सामग्रीहरूको बजारीकरण र सामग्री निर्माणका लागि माटोको व्यवस्था गर्न पहल गर्ने बताए । उनले कुमाल समुदायले निर्माण गरेका माटोका सामग्रीहरू राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन आफूहरूले सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता जोगेन्द्र विश्वकर्मा, देविलाल हलवाई, नेकपा समाजवादी पार्टीका नेता हिमलाल पन्थी, वडा सदस्यहरू रामबहादुर जिसी, सारदा सुनार, कुमाल समुदायका अगुवा प्र्रेम कुमाल, सुन्दर चौधरी, पत्रकार महासंघका सदस्य यमकला भुसाल, मुक्त कम्लहरी विकास मञ्चका अध्यक्ष रमिता चौधरीलगायतले बोलेका थिए ।
कुमाललगायत विभिन्न समुदायका २२ जना सहभागी रहेको तालिममा २० वर्षदेखि ७२ वर्षसम्मको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा हरिबहादुर वैद्य प्रजापति रहेका थिए । कार्यक्रमको सहजीकरण थारू पत्रकार संघका सचिव निता चौधरीले गरेकी थिइन् ।