लमहीमा राजमार्ग र बजार सरसफाई अभियान

शिवराज खनाल
दाङ, ९ पुस । दाङको लमहीमा राजमार्ग तथा बजार सरसफाई अभियान सुरुवात गरिएको छ । शुक्रबार लमहीमा ‘सके सफा गरौ, नसके फोहोर नगरौं’ भन्ने मुल नाराका साथ सरसफाई अभियान शुरु गरिएको हो ।

विभिन्न सामाजिक कार्यमा सक्रिय बन्दै आइरहेका दाङ लमही निवासी अन्कित खनालले मैनादेवी फाउण्डेसनको आयोजनामा राजमार्ग र बजार सरसफाई अभियान शुरु गरेका हुन्। मैनादेवी फाउण्डेसनका दाङ जिल्ला अध्यक्ष समेत रहेका सामाजिक अभियान्ता खनालले यस अभियान अन्र्तगत जिल्लाको सबै स्थानीय तह क्षेत्रका बजारमा सरसफाई गरिने बताए।

बजारमा सरसफाई अभियान चलाउने पहिलो चरणको कार्यक्रम भएता पनि आवश्यक्ता अनुसार यसको दायरा अझ फराकिलो बनाउदै लैजाने बताए । ‘हामी सरसफाइ गर्दा एकातर्फबाट बजार सफा तँ देखिन्छ नै अर्कोतर्फबाट विभिन्न रोगको प्रकोपबाट पनि बच्न सक्छौू खनालले भने ।

राष्ट्रको पहिचान त्यसको सुन्दरतामा लुकेको हुने भएकाले टोल, गाउँ, बस्ती, समाज र समुदाय हुदै राष्ट्रलाई नै सुन्दर बनाउन सबै ठाँउमा सफा ,सुन्दर र हराभरा राख्न आवश्यक रहेको औल्याउदै अभियान अन्तर्गत ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ सरसफाई अभियान चलाउदै आएका युबालाई सबैले साथ दिनु पर्ने अभियानमा सहभागी भएका देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालले बताए ।

बजार तथा राजमार्ग सरसफाई अभियानमा देउखुरी उद्योग बाणिज्य संघ लमही वडा प्रहरी कार्यलय लमही, अस्थाइ ट्राफिक प्रहरी पोस्ट लमही , सशत्र प्रहरी बल अर्जुनखोलाको टोलीको समेत सहभागीता रहेको थियो ।