प्रमुख जिल्ला अधिकारीद्धारा आँखा अस्पतालको अवलोकन

 तुलसीपुर, १ पुस । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले अन्धोपन न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । विहिवार राप्ती आँखा अस्पतालको निरीक्षण, अवलोकन गर्दै सर्वसुल्भ रुपमा यस क्षेत्रका जनतालाई अस्पतालले सेवा दिएको बताए ।

उनले अस्पतालको सेवा प्रभाकारी र वातावरण राम्रो पाएको प्रतिक्रिया दिए । उनले आँखा जस्तो सम्वेदनशिल क्षेत्रमा लागेर सेवागर्ने सवैलाई धन्यवाद समेत दिए । ‘यस क्षेत्रका जनतालाई गुणस्तरी सेवा अस्पताले दिएको छ, अझै सेवालाई प्रभावकारी गराउनतिर लाग्नुहोस –प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।’ उनले संघले सञ्चालन गरेको अस्पतालहरु व्यवस्थीत भएको भन्दै दुरदराजका जनतालाई सेवा दिएको बताए ।

अवलोकनका क्रममा उनले सवै विशेषज्ञ सेवाहरु यहिवाट दिने व्यवस्थापन मिलेमा आँखा विरामीहरु जिल्ला वाहिर जानुपर्ने वाध्यता अन्त्य हुने भन्दै घरआगनमै सेवा पाउने बताए । ‘अस्पतालको व्यवस्थापन र सेवा राम्रो छ, अझै सेवालाई प्रभावकारी गराउन लाग्नुहोस उनले भने ।’ रेग्मीले अस्पतालको विकासका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । त्यसैगरी अस्पतालमा सेवाग्राहीहरु संग प्रमुख जिल्ला अधिकारीले रेग्मीले सेवा प्रवाहको बारेमा जानकारी लिनुका साथै सोधपुछ समेत गरेका थिए ।

विरामीहरुले पनि अस्पताले दिने सवै सेवा प्रवाभकारी भएको प्रतिक्रीया दिएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थाप समितिका अध्यक्ष कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालीत अस्पतालले दिदै आएको सेवा तथा संघले अन्धोपन न्यूनिकरणमा खेलेको भुमिकाको बारेमा जानकारी गराएका थिए ।

गिरीले आँखा अस्पतालहरुले हाल सम्म करिव ३० लाख विरामीहरुलाई सेवा दिएको र २ लाख बढी मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रर्दान गरेको जानकारी दिएका थिए । उनले नेपाल सरकारको स्वास्थ्य नितिलाई सहयोग पु¥याउन संघले विभिन्न दातृनिकाय, केन्द्र, प्रदेश र स्थानीय सरकार संगको साझेदारीमा अस्पतालको भौतिक विकास र विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरेको बताएका थिए ।

उनले नेपालमा करिव ९० प्रतिसत जनतालाई संघ अन्तर्गत सञ्चालीत आँखा अस्पतालहरुले सेवा दिएको जानकारी गराएका थिए । कार्यक्रममा नेपाल नेत्रन्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्का, राप्ती आँखा अस्पतालका मेसु नेत्रविशेषज्ञ डाक्टर सन्तोष सुवेदी, अस्पतालका प्रशासक किरण पौडेलले अस्पताले दिने सेवा र हाल भईरहेको गतिविधिहरु वारे प्रकाश पारेका थिए ।