कचिला र कचिली बि अध्यक्ष कप फुटबलको फाईनल भिड्ने

लक्ष्मण बस्नेत
दाङ,२८ मंसिर। कचिला र कचिली तुलसीपुरको हरिपौरामा जारी तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८को फाईनलमा भिड्ने भएका छन् ।

डबरा टोल बिकास संस्था तुलसीपुर–१२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका–१२ को आर्थिक सहयोगमा पशुपती मावि हरिपौरा खेलमैदानमा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न सेमिफाइनल खेलमा क्वाङी बिलाई सुन्यका बिरुद्ध २ गोल अन्तरले पराजित गर्दै कचिली बिले फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै टरिगाउँसंग आफ्नो सेमिफाइनल खेलमा वाक ओभर पाएको कचिलाले फाईनलमा कचिलीसंगको भिड्न्त पक्का गरेको हो । फाईनल खेल बुधबार दिउँसो १ बजे हुने आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीले जानकारी दिएकोछन् । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धिसंगै खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडाभित्र स्थापित १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५०,३५ र २५ हजार तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै ब्यक्तिगत बिधातर्फ बेस्ट प्लेयर र बेस्ट किप्परको उपाधी हात पार्ने खेलाडी लाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर केसी र सुरेश मगर रहेका छन् ।