राजनीतिक जालझेलमा नेपाली जनता…

भूपेन्द्र सुवेदी

बिश्वले हेरिराखेको नेपालको राजनीतिक अबस्था, नेपालका राजनेताहरुको चरित्र, दैनिक रुपमा पार्टी–पार्टीबीचको टुट र फुटको अबस्थाले अबको नेपालको राजनीति अबस्था र नेपालको बिकास र नेताहरुको दैनिकी आ आफ्नै घरदेखि परसम्मको झुटको खेतीले अबको नेपालको राज्य ब्यबस्थाले कुन दिशा तय गर्ला ? कसैले राम्रो गरेको छ भन्ने सन्देश सुन्न पाउने अबस्था छैन । सधै आश गर, भर नपरको शैलीमा देश चलेको छ ।

कति दिन ढाँटेर झुट बोलेर पुग्ला र ? यो देशको इमानदार नेता यो हो र यसले यो यो काम राम्रो गरेको छ र गर्दैछ, अब पनि गर्ला भन्ने नेतृत्व बिगतका योग्य नेताहरुमा खाली हामीले सुनेका, देखेका भोगेका मध्यका, नेपालको भलो चिताउने र राष्ट्र राष्ट्रिय अखण्डताको रक्षा गर्ने आँट भएका केवल राजामा महेन्द्रको र राजा बिरेन्द्रको नाम आम नागरिक देशी–बिदेशी सबैले लिन्छन् भने नेतामा महामानब स्व बिपी कोइराला, गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, बामपन्थी नेतामा मनमोहन अधिकारीसमेतलाई सधै सम्झने लायकको देशको सक्षम नेतृत्वमा रहेका छन् ।

त्यसपछिको नेतृत्वले खासै नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डता जनतामा निहीत संबिधानको मूल मर्म र पालना गरेको पाएको होइन २०४७ पछिको सरकारले गरेका तुलनात्मक कार्यक्रमको मूल्यांकन बिश्लेषणको आधारमा कुन क्षेत्र सबैभन्दा राम्रो भयो त ? आफ्नो एकलौटे सरकार हुँदाहुँदै हिजो केपीको ब्यबहार र २०४७ को सरकारको नेतृत्व गरेका गिरिजाको चाल, केही फरक देखियन ।

नेपालका नेताहरुमा बृद्धि हुँदै आएको मनोपली म भएमात्र ठीक अर्को आफ्नै साथी भए पनि बेठीकको भाबनाबाट कोही दलका नेताहरुको ब्यबहार एउटै देखियो र आजसम्म आइपुग्दा सम्पूर्ण राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको चरित्रको मापन गर्ने हो भनी खासै फरक कोही पार्टीमा देखिँदैनन् छैनन् पनि । सबै पार्टीहरुले आ–आफ्नो घोषणा–पत्रमा एउटा काम उल्लेख गरेका हुन्छन् तर काम चाहिँ अर्को नै भइरहेको स्थिति छ । आज पनि देशका सम्पूर्ण राजनीतिक पार्टी हरुको महाधिवेशनको निर्वाचन हुँदैछ तर छन् एउटै पार्टी हुन्, एउटै नेतृत्वको अण्डरमा काम भइरहेको छ । तर आ–आपसमा पटक्कै मेल खाएको हुँदैन ।

सामुन्ने हेर्दा एकदम एउटै स्थानमा उभिएकै भान पारेका हुन्छन् तर आत्मैदेखि एक अर्काको कटाक्षमा उत्रिएको अबस्था छ । जो जस्ले आफूलाई सहयोग गर्ने स्थानमा रहेको छ तर हामी उसैलाई गिराउने उद्देश्य बोकेका हुन्छौ । आज नेकपाभित्रका ईतर र उतर पक्ष–बिपक्षबीच बोली बाराबारसम्म भएको छ । मञ्चमा अवसर पाए भने पहिला बिपक्ष दलका नेता र दलहरुको नाम नै लिन्थे आज पहिला आफ्नै पार्टीका नेताको खोइरो खनेको तथानाम गाली–गलोजमा उत्रिएको अबस्था छ ।

मञ्चमै हिजोका सहकर्मी साथी एकै ठाउँमा हात मिलाएर एकजुट भएको सन्देश दिने पूर्ब प्रधानमन्त्रीहरुबीच एकले अर्काको सम्बोधन स्वीकारेको अबस्था छैन । तर आस्थामान बिचार बोकेका साधारण ब्यक्तिहरुको गुनासो यति गम्भीर प्रकारको आएको हुन्छ त्यो जुनकुनै पार्टीहरुमा लागू गर्दा उपयुक्त लाग्छ तर त्यस्तो गुनासो उपदेश दिने पढेलेखेका जानमान राजनीतिक बिश्लेषक, बिज्ञहरुलाई कुनै दलले आफ्नो नजिक ल्याउन चाहदैनन् किन ? आफूले त्यति बुझ्न र पढ्न सकेको अबस्था छैन ।

ती बिज्ञहरुलाई नजीक ल्याउँदा र राय–सुझाब लिँदा आ–आफ्नो पार्टीको लागि राम्रो हुन्छ र सबैको भलो हुने अर्ती उपदेशको खाँचो छ भन्दैनन् कि त्यस्ता बिज्ञ जानकार पार्टीमा आए भने हामी आफै ओझेलमा पर्छाै भन्ने उल्टो सोचले ग्रस्त छन् हाम्रा नेताहरु । अब न आफूले कसैले भनेको लगाएको अर्ती मान्ने न आफै जान्ने यस्तै कारणले देशको राजनीतिक संकट सुल्झनुको सट्टा अल्झने काममा बृद्धि हुँदै आएको छ ।

नेपाली कांग्रेसको घोषणापत्र २०७० लाई कति पालना गरेका छौँ ? नेपालको समृद्धि ः कृर्षि, पर्यटन र उर्जा, बिकास, उद्योग क्रान्तिजस्ता पार्टीले जनता सामु गरेका कबुलियती क्रिया कलापमै सीमित रहे कि ? काम भए या हँुदैछन् ? यसको बिषयमा राजनीतिक बिश्लेषकहरुले नियालेकै होलान् ? भनिएको छ सामाजिक न्याय सामाजिक सुरक्षा, समावेशी राज्य संरचना, र समानुपातिक प्रतिनिधित्व भनिएको छ ।

राजनीतिमा पछाडी पारिएका, परेका गरीब, किसान, मजदुर युवा बर्गलाई समाबेशी सिद्धान्तको आधारमा मुलुकको राज्य संरचना तथा सार्बजनिक सेवामा समाबेशी समानुपातिक, सहभागिताको सिद्धान्तका आधारमा सहभागी गराइनेछ । तर यो शब्द कहाँ र को–कसलाई लागू गरियो ? यसको फाइदा र अवसर कसलेमात्र पाए ? नागरिकको मौलिक कर्तब्य ः राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्नु संबिधान र कानुनको पालना गर्नु भनिएको छ ।

नेपालको न्याय र सुरक्षा क्षेत्रमा कतिले को–कोले यो बिषयमा पालना गर्नुभयो ? प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन यो व्याख्याले कति अवसर दिन्छ वा दिँदैन ? के नेपाली जनतालाई कानुनबमोजिम कर तिर्नु भन्ने आदेशले जनताप्रतिको उत्तरदायित्व बहन भयो त ? आजको बिश्वब्यापी बिग्रिदो बाताबरणको अबस्थालाई कसरी हेरिएको छ र हेरिँदैछ ? भनिएको छ अबको दश बर्षमा सबै नेपाली स्वच्छ वातावरणमा बस्न पाउने ब्यबस्था गरिनेछ र हुन त घोषणापत्रले बोलेको लगभग पूरा हँुदैछ अब कहिले हुन्छ त ?

र,बाताबरणको पक्षमा केके भएको छ र बाताबरणका नाममा आएको सहयोग बिदेशीले दिएको वा स्वयं नेपाल सरकारले बाताबरण क्षेत्रको बिकास र संबद्र्धन र संरक्षणको नामको आर्थिक गतिबिधि कसरी चलेको छ आज त नेपाली कांग्रेसको नेतृवमा सरकार चलेको छ तर स्वयम नेतृत्व नै अन्योलग्रस्त भएको छ किनभने स्थानीयमा भय गरेको क्रियाकलाप सरकार प्रमुखले देख्न र बुझ्न सक्ने अबस्थामा छैन भन्दा बेस होला । के भइरहेको छ स्थानीय जनताको घरदैलोमा नपुगञ्जेल कसलाई के थाहा हुन्छ ? यहाँ भनिएको बिषय कसैलाई सान्दर्भिक नलाग्न सक्ला त्यो स्वाभाबिक हुन सक्ला ।

यहाँ एउटा बिषय महत्वपूर्ण शब्द छ घोषणापत्रमा ः अन्तर्राष्ट्रिय सम्बन्ध ः नेपाली कांग्रेस नेपाललाई बिश्व समुदायको एउटा सक्षम र प्रतिष्ठित सदस्यको रुपमा स्थापित गर्न चाहन्छ, यो शब्दलाई आजका युवा नेताहरुले कति बुझ्नुभएको छ र के गर्दा नेपाली कांग्रेस पार्टीलाई त्यो स्थानमा पुराउन सकिन्छ यसको लागी स्वयं घोषणापत्रको मुख्य दाता सिंगो नेपाली कांग्रेस जवाफ देही भएर बाहिर निस्कन जरुरी छ ।

आशा गरौँ दाङको नेपाली कांग्रेसमा बिपीको सिद्धान्तलाई आत्मसात गर्ने हालैको जिल्ला अधिवेशनलाई सहमतिको केन्द्रबिन्दुत्व प्रदान गर्ने आँट भएको उदाहरणीय काम गर्न सक्षम नेता भूपबहादुर डाँगीलाई दाङका राजनेताहरुले उहाँको पार्टीप्रतिको इमान दारीताको मूलमन्त्रको रुपमा लिन आवश्यक छ । यस्तो निःस्वार्थी भाबनाबाट हामी सबैले यो पाठ सिक्न जरुरी छ । यस्तै मेलमिलापको सिद्धान्त बिपीले ल्याएको अर्थ आज केबल दाङको जिल्ला निर्बाचनमा लागू भएको छ ।

बधाई भन्नुपर्छ तर एउटा जिल्लाले मात्र परिणाम देखाएर पुग्दो रहेनछ आज २७ गतेको केन्द्रीय महाधिवेशनले बिश्व सामु कस्तो सन्देश प्रवाह गर्ने हो नेपाली कांग्रेस सबैभन्दा पुरानो राजनीतिक दलको पहिचान बनाएको पार्टीको इमानदारिता कसले कसलाई हराउनेभन्दा कसले कसलाई स्वीकार्ने भन्ने आजको आवश्यकता होला तबमात्र सार्थकता मिल्नेछ ।