एमालेको जिल्ला अधिवेशन पुस २३ मा

गोरक्ष समाचारदाता
काठमाडौं, २६ मसिर । नेकपा एमालेले आगामी पुस २३ सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै सबै जनवर्गीय संगठनहरूले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ । यसैगरेर नेकपा एमाले १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट स्थायी कमिटी र पोलिटव्युरो आज मात्रै गठन हुने भएका छन् । शनिवारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन १५ मध्य ९ वडा एजेण्डामा मात्रै छलफल भएको हो ।

‘आज ९ वडा एजेण्डामा मात्रै छलफल भयो’ एक नेताले भने, ‘आजको बैठकमा स्थायी कमिटी, पोलिटव्युरो, सदस्य मनोनय, कार्यविभाजन लगायतबारे निर्णय हुन्छ ।’ एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ जनाको पोलिटव्युरो रहन्छ । बैठक आज पनि बस्ने छ । बैठकले एमाले सल्लाहकार परिषद्को अध्यक्ष समेत चयन गरेको छ । नेता अमृतकुमार बोहोरालाई परिषद अध्यक्षमा नियुक्त गरेको हो ।

बसुन्धरा गौतमले समाज रूपान्तरणका लागी सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले पछिल्लो समय स्थानीय तहहरू यसतर्फ गम्भीर भएर लागेको भन्दै खुसी व्यक्त गरिन् । सल्लाहकार सन्ध्या रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शर्मिला डिसीले गरेकी थिइन् । उक्त तालिमको पहिलो दिनको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष एवं दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतम, महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी रहेका थिए । तालिममा २१ जनाको सहभागिता रहेको छ ।