बबईमा ७३ औं मानवअधिकार दिवस मनाइयो

हापुरे,२४ मंसिर । ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गीक हिंसाबिरुद्दको अभियान शुक्रवार बबई गाउँपालिकामा कार्यक्रम समापन गरिएको छ ।

बबई गाउँपालिका उपाध्यक्ष सबित्रा बिकको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलको प्रमुख आथित्यता एबम बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्लको विशिष्ट आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पौडेलले अहिले पनि महिला महिलाकै कारण हिंसामा पर्ने गरेको भन्दै यसतर्फ सवै सचेत हुनुपर्ने बताएका थिए । हिंसा आफैबाट सिर्जना हुने भएकाले त्यसफर्त सवै नागरिक सचेत बन्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्लले लैङ्गीक हिंसाको रुप परिवर्तन भएपनि समाजमा लैंगीक हिंसामा कमी आउन नसकेको बताएका थिए ।

कार्यक्रममा बबई महिला संजालका सदस्य बमकुमारी डाँगी, बबई गाउँपालिका वडा न ६ का अध्यक्ष रामबहादुर डाँगी, महिला सहकारी सस्थाबाट पुतलादेवी रेग्मी, नेपाल महिला संघ बबई अध्यक्ष प्रेमा बुढाथोकी, बबई गाउपालिका महिला सद्स्य शान्ता बिक, नेपाली कांग्रेस बबईका सचिब खिमकन्त धिताल, नेकपा एमाले बबईका अध्यक्ष जितबहादुर वली, द्लित सेवा संघ तुल्सीपुरका संयोजक छवि परियारलगायतले बोलेका थिए ।

सुआहाराका लक्ष्मी भणडारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण बबई गाउँपालिका महिला बालबालिका शाखा प्रमुख ईस्वरा रावतले गरेकी थिइन । यसैबिच सोही कार्यक्रममा बबईपापलिका न्यायिक समितिको संघले पुस्तक पनि बिमोचन गरिएको छ । सो पुस्तकमा बबई गाउँपालिका न्यायीक समितिमा भएका गतिविधिहरु समेटिएका छन् ।