दाङका आठ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

गोरक्ष समाचारदाता
दाङ, १३ मंसिर । नेकपा माओवादी केन्द्र दाङले अधिकांश पालिकामा निर्विरोध नेतृत्व चयन गरेको छ । मंसिर ११ गते भएको सम्मेलनबाट जिल्लाका दश पालिकामध्ये आठवटा पालिकामा नेतृत्व चयन गरिसकेको छ भने लमही र तुलसीपुरमा नेतृत्व चयन बाँकी छ । प्रायः सबै पालिकाको नेतृत्वमा युवा अनुहार देखिएको छ ।

घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा निर्वाचित भएका छन् । उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भागीदास चौधरी, मने विश्वकर्मा र कोषाध्यक्ष दिलकुमारी बुढा निर्वाचित भएका छन् । गढवा गाउँपालिका अध्यक्षमा अध्यक्ष यमनारायण पोख्रेल निर्वाचित भएका छन् । उपाध्यक्ष दिपा पुन, देबराज यादव र बसन्ती चौधरी, सचिव कैलाश चौधरी, सहसचिव ज्ञानबहादुर परियार र कोषाध्यक्ष बसन्त गिरी निर्वाचित भए ।

त्यस्तै दंगीशरणमा अध्यक्ष मणिराम चौधरी, उपाध्यक्षहरु बीरु ओली, निर्मला चौधरी र दिलकुमारी बिक, सचिव दीपक गौतम, सहसचिव टंक ओली र कोषाध्यक्ष हरिप्रसाद कक्रेल निर्वाचित भएका छन् भने राप्ती गाउँपालिकाम अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षहरु राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिव तुला गिरी, सहसचिव बसन्त नेपाली र कोषाध्यक्ष भगवता अधिकारी निर्वाचित भएका छन् । शान्नितगर गाउँपालिकामा अध्यक्ष नेबबहादुर रोका, उपाध्यक्षहरु खगेन्द्र शर्मा, रिता बटला र प्रदीप वली, सचिव पिमलाल ओली, सहसचिव हिरालाल सुनार र कोषाध्यक्ष जंगबहादुर पुन निर्वाचित भएका छन् ।

राजपुरमा अध्यक्ष चक्रबहादुर खड्का, उपाध्यक्षहरु श्यामबहादुर रोका, भोगेन्द्रसिंह राजपुत र लक्ष्मी देवी चौधरी, सचिव बिष्णुप्रसाद यादव, सहसचिव दिलमति ओली चौधरी र कोषाध्यक्ष भीम वली निर्वाचित भएका छन् । त्यसैगरी बबई गाउँपालिकामा अध्यक्ष डिल्लीबहादुर बुढाथोकी, उपाध्यक्षहरु रमेश सुनार, प्रेम जिसी, यज्ञबहादुर ओली, सचिव अञ्जु घर्ती, सहसचिव खुमबहादुर बिक र कोषाध्यक्ष परेलाल बुढा निर्वाचित भएका छन् ।

बंगलाचुलीमा अध्यक्ष डोमाकान्त कँवर मगर, उपाध्यक्षहरुमा गिरराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिव दामोदर खड्का, सहसचिव शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा बासुदेव महरा निर्वाचित भएका छन् । तुलसीपुरमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन समितिले सोमवार साँझसम्म नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

लमहीमा कार्य समिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले मंसिर १५ गतेको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिएका छन् । सबैतिरका कार्य समितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र मुस्लिम समुदाय रहेको ठाउँमा दुई प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व भएको पनि उनले जानकारी दिए ।