विदेशी इशारामा चलेका पार्टीहरु

भूपेन्द्र सुवेदी

नेपालमा राजनीतिक सरगर्मी निकै तातेका ेछ । पूर्बहरुले भन्दै र गन्दै आएका नेपालका मुख्य राजनीतिक पार्टीहरुमा दक्षिण पन्थी र उत्तरपन्थीको पदवी प्राप्त गरिसकेका दलहरुमा नेपालको बामपन्थी दलमा परिचित एमाले र दक्षिणपन्थीको नजदिक परिचित नेपाली कांग्रेस यी दुबै पार्टीहरुको आजभोलि नेकपा एमालेको दशौँ महाधिबेसनको सरगर्मी चलेको छ भने नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी निकै सक्रियरुपमा आ–आफ्नो पक्षमा आ–आफ्नो बिजयको लागि निकै रस्साकस्सीका साथ चलेको छ ।

नेपालका राजनीतिक दलहरुमा हामी सर्बसाधारण नागरिकको हैसियतले जे बुझेका छौँ, आजसम्म कुनै पार्टीमा स्थापित अग्रज नेताहरुले आफूलाई बाहेक अन्य ब्यक्ति सबैलाई गौण देख्दै आयको अबस्था हो । एकले अर्काको बिचार र दोश्रोको कदर गर्नुपर्दछ भन्ने कसैले स्वीकारेको अबस्था छैन, खाली सधैभरी मैमात्र पार्टीको एकल नेता हुँ, मभन्दा अरु पार्टीमा रहेका नेता कार्यकर्ता कोही पनि मसरह पार्टीको नेतृत्वमा आउने क्षमता छैन र आफूबाहेक अरुलाई नेतृत्व दिनुहुँदैन भन्ने प्रबृत्तिको घेराबाबाट बाहिर निस्कन सकेको नेतृत्वले चाहेको छैन ।

सधैभरी देशको राज्य सञ्चालक म मात्र हुनुपर्छ भन्ने सोच बोकेको सबै पार्टीका नेतृत्वको भावना सार्बजनिक नै भइसकेको छ । नत नेपाली कांग्रेसको नेतृत्वले पार्टीको जिम्मेवारी दोस्रो पुस्तालाई हस्तान्तरण गर्न चाहन्छ न त बामपन्थी खेमाले नै दोश्रो पुस्तालाई नेतृत्व दिन चाहन्छ । आजको अबस्थामा एमालेमा पनि मबाहेक अरु सबै असक्षम छन् र ममात्र सक्षम छु भन्दै आफ्नो उचाई मात्रको बखान गर्नु र नेपाली कांग्रेसमा पनि सधैभरी आफ्नै र आफूबाहेक पार्टीमा योग्य अरु कोही नभएको सोचका साथ सधै आफैमात्र पार्टीको अगुवा भएमात्र ठीक अरु आफ्ना सहकर्मी साथीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने भाबना बोकेको राजनेता नेपालमा भेटिएनन् किन ?

आफ्नै साथीले आकांक्षा राखेको सुन्दा उसलाई पार्टीको बिद्रोहीको संज्ञा दिइन्छ र उसलाई बाध्य बनाईन्छ पार्टी फोरेर जावस् र म सधै एक्लै राज गरु भन्ने भाबनामा नेपालका सबै दलहरुको चरित्र एउटै छ । आफ्नो पार्टी आफै मिलेर सञ्चालन गर्ने आँट नभएको कारण पार्टी मिलाउनु र फुटाउनुमा आफू समर्थक उत्तरपन्थी र दक्षिणपन्थीको साहारा मागेर पार्टी फुटाएर लथालिंग बनाएको इतिहास नेपालका पीडित जनताले भोगैकै छन् । तर २१औँ शताब्दीको संघारमा आइपुग्दासम्म कुनै पार्टीले नयाँ नेतृत्वलाई स्वीकारे र आफू पार्टीको सम्मानित भएर बस्न चाहन्छु भन्ने केबल नेपाली कांग्रेस पार्टीका लौहपुरुष गणेशमान र कृष्णप्रसाद भट्टराईबाहेक अन्य पार्टीका नेताहरुमा त्यस्तो आफूलाई आफैले उचाईमा पुराउन सक्ने आँट भएको नेता कोही छैनन् भन्दा फरक नपर्ला ।

किनभने बिपीपछिको राजनेता नेपालमा को–को हो भनेर परिचय दिनुपर्दा यीबाहेक कोही छैनन्भन्दा हुन्छ । समय सन्दर्भमा निस्कने राजनीतिकज्ञहरुको विश्लेषण निकै महत्वपूर्ण बिषय उठाइएको हुन्छ तर त्यसको कुनै दलका नेताहरुले मूल्यांकन गरेको अबस्था छैन । देशमा जस्तोसुकै राष्ट्रिय संकट आवस तर आफ्नो स्वार्थको लागि राष्ट्र, राष्ट्रियता र नेपालको राजनीतिको सफलताको लागि अहं भूमिका यो नेताले खेलेको छ र खेलेको हो भन्ने लायकको कोही छैन । किन यस्तो लाहाचारको राजनीतिमा लिप्त छम हामी ? के आफू भए सबै ठीक अर्काे भए सबै बेठीक देख्ने आँखा र सुन्ने कान कहिले परिवर्तन हुने हुन् ?

यो बर्ष २०७८ सालको मार्ग महिनादेखि राजनीतिक पार्टीहरुको पार्टीको नेतृत्व परिवर्तनका लागि निर्बाचनको निकै महत्वपूर्ण बिषयमा आज नेपाली कांग्रेस, नेकपा एमाले दुबैले राजनीतिक नेतृत्वमा पुगेर प्रधानमन्त्री, मन्त्रीमा रहेर देशको बिकासको बागडोर समाली सकेका दुबै पार्टीका हस्तीहरुको फेरि पनि म आफै दोहोरिन पाउनुपर्छ भन्ने एकोहोरो सुगा रटाई छ । तर आफू म जान्ने भएदेखि नै मेरो सोचाई अब पनि रामेको मात्र झोला बोक्ने म श्यामेको झोला बोक्ने नेतृत्व कहिले जन्माउने हाला ?

हिजोको स्थानीय वडा पालिकाहरुको निर्बाचन र क्षेत्रीय निर्बाचनको बीचमा भएको एकले अर्काप्रति गरेको धोकाबाजी कटुता र फेरी जिल्लाको नेतृत्वमा आउन गरिएको तिगडमबाजी साम, दाम, दण्डभेद सबै प्रयोग भएको छ तापनि भनिँदै आएको सत्यता प्रजातन्त्रमा प्रतिष्पर्धाको मूलमन्त्रलाई आत्मसात सबैले गर्लान् त ? हिजोको संसदीय दलको निर्वाचनमा आफूले जित्नको लागि आफ्नो पार्टीको उम्मेदवारलाई दिएको नोमिनेसन फाराम फिर्ता लिन लगाएर दोश्रो पार्टीको नेतालाई जिताउन लगाउने नेताहरुलाई आज त्यहीँ पार्टीका नेताहरुले कसरी हेरेका होलान् ?

अब २०७८ को अन्तिम समयमा सुरु हुन लागेको स्थानीय निर्बाचनलाई आजका पार्टीका निर्बाचित र पराजित भएका कार्यकर्ताबीचको दूरी कसरी नजिक ल्याउने ? हिजो ममात्रले जित्नुपर्छ भनेर पार्टीको मात्र केही भोट तानेर बिजय भएकाहरुलाई भोली पार्टीले स्थानीय निर्बाचनमा टिकट दियो अथवा टिकट खरिद गरियो भने हिजो आफैले पार्टीको निर्बाचनमा हराएका साथीहरुसँग कस्तो सहमति राखेर निर्बाचनमा जाने होला ? आजको पार्टीमा भएको धोकेबाजले भोलीको दिनलाई दिन राख्ला कि रात पार्ला ?

यसको मूल्यांकन यही पार्टीको निर्बाचनबाटै सोच बिचार पुराउनुपर्ने हो तर नेकामा त्यस्तो परिस्थिति आउन सकेन किन ? के हिजोको पार्टीको निर्बाचनमा साथै रहेका साथीहरु आउँदो स्थानीय निर्बाचनमा आवश्यक पर्छ कि पर्दैन होला ? कसैले त लाजै नमानी त आ–आफ्नो मूल्यांकनमा पार्न नसकेको भन्नेहरुबाट पीडित हुनुपरेको अबस्था छ । जे–जे होस राम्रै होस्, आउँदो निर्बाचनमा नेताहरुले आ–आफूले चाहेको मात्र नभएर जनताले चाहेको ब्यबस्था ल्याउनमा नेताहरुले आफूलाई मात्र नभएर राष्ट्र, राष्ट्रियता र देशको बिकास जनताको अबस्था बुझ्ने काम होस् भन्ने हाम्रो शुभकामना र सबै पार्टीका बिजय नेताहरुलाई बिजयको शुभकामना र पार्टीको निर्बाचनमा पराजय हुनुहुने नेताहरुलाई समेत आफ्नो हारको कारण बुझ्न र आगामी दिनमा सफल हुन र हारको सपना सधै नदेखिरहन र आगामी दिनमा सफलताको शुभकामना छ ।