भौगोलिक र सांस्कृतिक विविधताको संगम लुम्बिनी प्रदेश

भूवन पोख्रेल

नेपालको संविधान २०७२ ले नेपाललाई संघीय र प्रजातान्त्रिक गणतान्त्रिक नेपाल घोषण गरेको छ । यसै संविधानले नेपाललाई ७ वटा स्वायत्त प्रदेशमा विभाजित ग¥यो । यी सात प्रदेशहरुमध्ये प्रदेश नं. ५ वा लुम्बिनी प्रदेशको भौगोलिक वातावरण, सामाजिक, सांस्कृतिक वातावरण जनसांख्यिक अवस्था र आर्थिक विकास एवं गतिविधिहरुको बारेमा तल उल्लेख गरिएको छ ।

भौगोलिक अवस्थित र हावापानीका हिसाबले यस प्रदेशले तराई, पहाड, दुवै क्षेत्र ओगटेको छ । यस प्रदेशमा सिस्ने, हिमशृंखला छन् । क्षेत्रफलको हिसाबले यस प्रदेशले नेपालको १५ दशमलव १४ प्रतिशत (२२, २८८ वर्ग किमि) भूभाग ओगटेको छ । कर्णाली, कालीगण्डकी, तिनाउ, राप्ती, रिडी, वाणगंगा नदी तथा सत्यवती, बाह्रकुने, जगदीशपुरजस्ता ताल यस प्रदेशमा पर्दछन् । ग्रिष्म याममा गर्मी र प्रशस्त वर्षा, हिँदमा जाडो यस प्रदेशको विशेषता हो । दाङ, देउखुरी, रामपुर, माडी आदि उपत्यकाहरु यसै प्रदेशमा रहेका छन् ।

लुम्बिनी प्रदेश नेपालको पश्चिमी भागमा पर्दछ । यो देश २९०३६’ देखि २८०५०’ उत्तरी अक्षांश र ८००५८’ देखि ८४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिमीमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, उरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्छन् । लुम्बिनी प्रदेशमा १२ जिल्ला रहेका छन् । यस प्रदेशको सबैभन्दा ठूलो जिल्ला दाङ हो । दाङ जिल्लाको क्षेत्रफल २,९५५ वर्गकिमि छ र सानो जिल्ला नवलपरासी वर्दघाट सुस्ता पश्चिम ६३४१ वर्ग किमि रहेका छन् ।

लुम्बिनी प्रदेशकको स्थायी राजधानी दाङको भालुवाङमा तोकिएको छ । यस प्रदेशमा पर्ने एक मात्र हिमाली जिल्ला पूर्वी रुकुम हो । सिस्ने हिमाल पूर्वी रुकुममा पर्दछ । यस प्रदेशका धेरै भूभागमध्ये पहाडमा पर्दछन् । रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची र पाल्पा जिल्ला पहाडी भूभागमा रहेका छन् । दाङ जिल्ला यस प्रदेशको भित्रि मधेशमा पर्ने जिल्ला हो । तराई क्षेत्रमा पर्ने यस प्रदेशका जिल्ला नवलपरासी (सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, बाँके र बर्दिया हुन् ।

लुम्बिनी प्रदेशमा उपोष्ण, समशीतोष्ण, लेकाली, टुण्डा प्रकारको हावापानी पाइन्छ । यसको पहाडी भेग न्यानो, यसको उत्तरी भाग केही चिसो हुन्छ भने तराई र भित्री मधेशमा गर्मी हुन्छ । यहाँ वर्षामा मनसुनी वायुले वर्षा गराउँछ भने हिउँदमा पश्चिमी वायुले हलुका वर्षा गराउँछ ।

जनसंख्याको हिसाबले जनगणना २०६८का अनुसार यस प्रदेशको जनसंख्या करिब ४५ लाख रहेको छ । जुन नेपालको कूल जनसंख्याको १६ दशमलव ९८ प्रतिशत हुन आउँछ । जनसंख्याको दृष्टिले खस आर्य यस प्रदेशको सबैभन्दा बढी सामाजिक समूह हो । जुन यस प्रदेशको कूल जनसंख्याको ३० प्रतिशत हुन आउँछ ।

त्यसैगरी यस प्रदेशको कूल जनसंख्याको १५ दशमलव ६ प्रतिशत जनसंख्या भएको मगर जाति दोस्रो ठूलो सामाजिक समूह रहेको छ । अन्य पहाडी जनजातिहरुले ३ दशमलव ९ प्रतिशत र तराई जनजाति, अधिकांश थारु जातिले १४ दशमलव ८ प्रतिशत पहाडी दलितले ९ दशमलव ९ प्रतिश, मधेशी दलितले ४ दशमलव २ प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी मुस्लिम जातिको जनसंख्या यस प्रदेशको कूल जनसंख्याको ६ दशमलव ६ प्रतिशत रहेको छ ।

लुम्बिनी प्रदेशको सामाजिक, सांस्कृतिक वातावरणका दृष्टिले खस आर्य, मगर, तराई जनजाति (थारु), दलित, मधेशी र मुस्लिम जातिहरुको रहेको यस प्रदेशमा सामाजिक सांस्कृतिक विविधता पाइन्छ । दक्षिण भेगमा मधेसी समुदायका मानिसहरुको सघन बस्ती छ । लुम्बिनी, बागेश्वरी, ठाकुरद्वारा, स्वर्गद्वारी, भैरवस्थान, रेसुङ्गा, पाण्डवेश्वर, ऋषिकेश मन्दिर, सुपादेउराली, सिद्धबाबा यहाँका धार्मिक स्थलहरु हुन् ।

यहाँको सांस्कृतिक परम्परा एवं चालचलनहरुमा हिन्दू र इस्लाम धर्मको प्रभाव पाइन्छ । दुवै पहाडी र तराईका जनताको साझा धर्म हिन्दू धर्म भएकाले यस प्रदेश ८९ प्रतिशत जनसंख्या हिन्दू छन् । हिन्दू भइकन पनि पहाडका र तराईका हिन्दूहरुको चालचलन र रीतिस्थितिमा फरक पाइन्छ । अन्यत्र जस्तै यहाँका हिन्दू समुदायमा पनि जाति प्रथा सम्बद्ध चलन एवं विश्वासहरु विद्यमान रहेको पाइन्छ । यस प्रदेशमा बौद्ध धर्म मान्ने मानिसहरुको जनसंख्या यस प्रदेशको कूल जनसंख्याको ३ दशमलव २ प्रतिशत रहेको छ । नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयलगायत अन्य शैक्षिक संस्थाहरु यसै प्रदेशमा छन् ।

आर्थिक विकासका हिसाबले यस प्रदेशमा कृषि विकासको असिम सम्भावना छ । सिक्टा, बबई, बाणगंगा, तिनाउलगायतका महत्वपूर्ण सिंचाइ आयोजनाले कृषि उत्पादनमा सघाउ पु¥याइरहेका छन् । झिमरुक जलविद्युत आयोजना केन्द्र यसै प्रदेशमा रहेको छ । बुटवल, भैरहवा, कृष्णनगर, तानसेन, नेपालगञ्ज, लमही, कोहलपुर, राजापुर, विजुवारजस्ता महत्वपूर्ण व्यापारिक केन्द्रहरु पनि यस प्रदेशमा अवस्थित छन् ।

रिडी, रेसुङ्गा, लुम्बिनी, भैरवस्थान, स्वर्गद्वारी, ठाकुरद्वारा, सुपादेउराली, पाण्डवेश्वर धाम धारापानी, अम्बिकेश्वरी, बगारबाबा, रिहार आदि पर्यटकीय केन्द्रहरुले यस क्षेत्रको आन्तरिक आम्दानीमा सहयोग पु¥याएको छ । यस प्रदेशमा धेरै सडक सञ्जाल र प्रशस्त खेतीयोग्य जमिन रहेकाले यहाँका मानिसहरुको आर्थिक स्तर राम्रो छ ।

यो प्रदेश नेपालको चौो सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो । क्षेत्रफलका हिसाबले तेस्रो ठूलो प्रदेश हो । यस प्रदेशका ठूला सहरहरु रुपन्देही जिल्लाको बुटवल र सिद्धार्थनगर, बाँके जिल्लाको नेपालगञ्ज, पाल्पा जिल्लाको तानसेन, दाङ जिल्लाको घोराही र तुलसीपुर हो ।

यस प्रदेशको सीमाना पूर्वमा ३ नम्बर प्रदेशका रसुवा, धादिङ, चितवन जिल्ला पीश्चममा प्रदेश नं. ५ का पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी, (सुस्ता वर्दघाट पश्चिम) र ६ नम्बर प्रदेशको डोल्पा जिल्ला पर्दछन् । त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तीब्बत र दक्षिणमा ५ नम्बर प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन् ।

राजनैतिक प्रशासनिक विभाजनका दृष्टिले नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ । यो प्रदेशमा संविधानको अनुसूचि ४ वमोजिम नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी वहु जिल्लाहरु रहेका छन् ।

बाहु जिल्लाहरुमध्ये पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरु रहेका छन् । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी, सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा भूभाग ओगटेको छ । यस प्रदेशको आफ्नै मौलिक परम्परा हुनुका साथै शन्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरु यसै प्रदेशमा पर्दछन् ।

एसियाकै सबैभन्दा ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ । संविधानको अनुसूचि–४ मा उल्लेख गरिएका सातवटा प्रदेशमध्येको यो प्रदेशको नाम लुम्बिनी प्रदेश हो भने अस्थायी राजधानी बुटवलमा तोकिएको छ । मिति २०७७ असोज २० गतेको प्रदेश सभाको निर्णयबाट यस प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ र नामाकरण लुम्बिनी प्रदेश कायम भएको छ । माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले २०७८ साउन १५ मा पदवहाली गर्नुभयो ।

नेपालको संवैधानिक प्रावधानअन्तर्गत् संघीय व्यवस्थाको प्रादेशिक अवधारणा अनुसार सातवटै प्रेशमा प्रदेश प्रमुखको कार्यालय स्थापना गर्ने क्रममा प्रदेश नं. ५ को प्रदेश प्रमुखको कार्यालय, प्रथम प्रदेश प्रमुखको रुपमा माननीय श्री उमाकान्त झाको २०७४ साल माघ ७ गते पद वहालीसँगै बुटवलमा स्थापना भएको थियो ।

नेपालको संविधानद्वारा प्रदत्त काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोग एवं विभिन्न कार्यक्रम र समारोहमा सहभागिताका सन्दर्भमा माननीय प्रदेश प्रमुखलाई सहयोग पु¥याउन तथा सहजीकरण गर्नका लागि नेपाल निजामति सेवा, प्रशासन सेवाका राप प्रथम श्रेणीको अधिकृत (सचिव)को नेतृत्वमा प्रशासनिक काम कारबाही हुने गरी प्रदेश प्रमुखको कार्यालय रहने व्यवस्था छ ।
हाल माननीय मुख्यमन्त्री कूलप्रसाद केसी ‘सोनाम’ हुनुहुन्छ ।

शंकर पोखरेल नेपालको लुम्बिनी प्रदेशका प्रथम तथा निवर्तमान मुख्यमन्त्री हुन् । वि.सं. २०७४ फागुन ३ गतेदेखि शंकर पोख्रेलले प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । केन्द्रमा फेरिएको राजनीतिक समीकरणको सातै प्रदेशमा असर प¥यो । यो बाट प्रदेश ५ पनि अछुतो रहन सकेन । राजनीतिक उतारचढावबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार दाङ जिल्लाको राप्ती गाउँपालिकाले ओगटेको÷चर्चेको राप्ती नदीको किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई तोकियोस् भन्ने प्रस्ताव संविधानको धारा २८८ को उपधारा २ वमोजिम प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशको नामबारे खासै विवाद थिएन । त्यसैले नामका विषयमा सत्ता र प्रतिपक्षका सांसदहरु एकै ठाउँमा देखिए । प्रदेश सरकारले उक्त प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकालाई बनाउने प्रस्ताव गरेपछि विभिन्न स्थानमा विरोध प्रदर्शनहरु भएका थिए ।

लुम्बिनी प्रदेशको राजधानी अर्घाखाँचीको सीमामा पर्ने दाङ जिल्लाको सहरोन्मुख क्षेत्र हो । उक्त क्षेत्रमा अहिले कुनै संरचना बनेका छैनन् । मुख्यमन्त्री पोखरेलले त्यहाँको गुरुयोजना एक वर्षभित्र बनाउने र अर्को वर्षदेखि निर्माणको काम सुरु हुने बताएका थिए । उक्त कामको निरन्तर नयाँ मुख्यमन्त्रीबाट पनि होस् भन्ने प्रदेशबासीको अपेक्षा रहेको छ । मिति २०७७ असोज २० गतेको प्रदेशसभाको निर्णयबाट यस प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ र नामाकरण लुम्बिनी प्रदेश कायम भएको छ ।

नेपाल संविधानको धारा १६८ को उपधारा (९) वमोजिम मिति २०७८ साउन २८ मा गठित मन्त्रिपरिषद् र कार्यविभाजन, मुख्यमन्त्री श्री कूलप्रसाद केसी, माननीय मन्त्रीज्यूयहरुमा डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, कृष्णध्वज खड्का मन्त्री आर्थिक मामिला तथा सहकारी मन्त्रालय, मन्त्री सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, तिलकराम शर्मा मन्त्री आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, इन्द्रजित थारु स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, वीरबहादुर राना मन्त्री उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सुरेन्द्रबहादुर हमाल मन्त्री वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, अजय शाही मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रमा घर्ती मन्त्री कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, बसीउदिन खाँ मन्त्री शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, पुर्मती ढेंगा मन्त्री श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय, सुमन शर्मा मन्त्री कृषि, खाद्य तथा भूमि व्यवस्था मन्त्रालय ।

माननीय राज्यमन्त्रीहरुमा बिमलाकुमारी खत्री राज्यमन्त्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, अर्जुनकुमार श्रेष्ठ राज्यमन्त्री उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय । सुष्मा यादव राज्यमन्त्री आर्थिक मामिला तथा सहकारी मन्त्रालय । रिना नेपाल विक राज्यमन्त्री पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

चालुतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि, पर्यटन केन्द्रित छ । मुलुक कोभिड १९ को दोस्रो भेरियन्टको कारण आक्रान्त भइरहेको विषम परिस्थितिमा मुलुकमा विभिन्न क्षेत्रमा दीर्घकालीन असरहरु प्रत्यक्ष रुपमा देखापरेका छन् । यो असरबाट लुम्बिनी प्रदेश पनि अछूतो रहन सकेन । हाल विश्वमा फैलिएको कोभिड १९ को दोस्रो भेरियन्टको कारण समग्र राष्ट्रका साथै हाम्रो प्रदेश नम्बर ५ पनि आक्रान्त बन्न पुगेको छ ।

प्रदेशका १२ वटै जिल्लामा यसको असर देखियो । कोभिड १९ को दोस्रो भेरियन्टको असर हामीले अनुमान गरेभन्दा जटिल र विषम हुनपुग्यो । त्यसैले हाम्रा स्वास्थ्य संरचना र जनशक्ति न्यून मात्र नभइ वास्तवमै अपुग भएको महशुस ग¥यो । त्यसर्थ मुलुकलाई सामाजिक, आर्थिक, राजनेतिक, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, वातावरणीय आदि सबै पक्षबाट विकसित तुल्याउन प्रदेश ५ लुम्बिनीले पनि समग्र प्रदेशको विकासमा तदारुकता देखाउन आवश्यक छ ।